Comments Add Comment

काठमाडौंमा हिमाली उत्पादनको प्रदर्शनी सुरु

Jumli Apple
७ जेठ, काठमाडौं । विभिन्न १० वटा हिमाली जिल्लाका कृषि, वनस्पति तथा पशुजन्य उत्पादनहरुको प्रदर्शनी काठमाडौमा सुरु भएको छ ।

हिमाली आयोजनाले काठमाडौको भृकुटीमण्डपमा पहिलोपटक हिमाली जिल्लाका कृषि, वनस्पति तथा पशुजन्य उत्पादनहरुको प्रदर्शनी गरेको हो ।

प्रथम हिमाली कृषि व्यवसाय प्रवर्द्धन मेला नाम दिइएको प्रदर्शनीको शुक्रबार पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले उद्घाटन गरिन् ।

प्रदर्शनीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला मुगु र डोल्पाका अल्लो, स्याउ, चौंरी लगायतका उत्पादनहरु राखिएका छन् ।

हिमाली आयोजनाका सूचना अधिकृत डा. मनोजकुमार शाहीले हिमाली जिल्लाका उत्पादनको प्रबर्द्धनका लागि मेला गरिएको र मेलामा विभिन्न ७६ वटा उत्पादनहरु राखिएको बताउनुभयो । मेला तीन दिनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment