Comments Add Comment

नेपाल, भारत र चीनबीच सहकार्य अपरिहार्य

८ जेठ, काठमाडौं ।  परराष्ट्र मामिला विज्ञहरुले एसियाको उन्नतिका लागि चीन, नेपाल र भारतबीच पूर्वाधार र उर्जा विकासमा त्रिदेशीय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

Nepal-India-and-China-Photoसाउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा आयोजित ‘चीन-नेपाल-भारत संबन्धका प्रमुख प्रवृत्तिहरु र नेपालका लागि नयाँ विकास रणनीति’ बिषयक दुईदिने अन्तराष्ट्रिय सम्मेलनका वक्ताहरुले चीन, नेपाल र भारतबीच पूर्वाधार र उर्जा क्षेत्रमा सहकार्यका लागि प्रचुर सहकार्यको सम्भावना औंल्याएका आजको अन्नपूर्णमा समाचार छ ।

चीनको छेङदुस्थित इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजका प्रोफेसर डाई योङ्हङ्ले चीनले नेपाल र भारतसँगको संबन्धलाई उत्तिकै महत्व दिइरहेको उल्लेख गर्दै यी दुवै मुलुकसँग रेल र सडक सञ्जाल विस्तारमा सहकार्य गर्न चीन इच्छुक रहेको बताए। चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ संबन्धि अवधारणा समावेशी र खुल्ला चरित्रको रहेको उनले उल्लेख गरे।

‘वान बेल्ट वान रोड रणनीतिमा कसैको हार कसैको जित भन्ने हुंदैन। यसले चीन र सबै मुलुकबीचको आपसि हितको मान्यता राख्छ। यसमा सहभागी हुन भारत हिच्किचाउनु हुंदैन। यदी सुरक्षा संवेदनशीलतालाई लिएर भारतका केही शंशय छन् भने छलफलबाट ती बिषय समाधान गर्न सकिन्छ’ उनले भने।

चीनले अघि सारेको बंगलादेश, चीन, भारत, म्यानमार (बिसिआइएम) जोडेर बनाइने आर्थिक करिडोरमा नेपाललाई पनि सहभागि गराएर ‘बिसिआइएमएन’ निर्माण गर्न चीन इच्छुक रहेको र बिभिन्न फोरममा आफूले यसबारे नेपाली पक्षसँग प्रस्ताव गरिसकेको बताए।

‘वान बेल्ट वान रोड’ रणनीतिमा विश्वका अमेरिका लगायत कुनै पनि मुलुकलाई समेट्न चीन नहिच्किचाउने उनले बताए। ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन लगायत सबै खालका क्षेत्रीय तथा उपक्षेत्रीय मंचहरुमा सक्रिय रुपमा सहभागि हुन चीन इच्छुक छ’ योङ्हङ्ले भने।

योङ्हङ्ले चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा अघि बढाएको ‘वान बेल्ट वान रोड’ रणनीतिलाई साकार पार्न एसियन इन्फ्रास्ट्रक्चर इनभेस्टमेन्ट बैंक (एआइआइबी) को स्थापना भएको र त्यसमा रुस, भारत र नेपाल लगायतका मुलुक संस्थापक सदस्य रहेको उल्लेख गर्दै आर्थिक सहकार्यका लागि विश्वका मुलुकहरुबीच एक हुनुपर्ने बताए। ‘एसियाली विकास बैंक, विश्व बैंक लगायत विश्वका बुहुपक्षिय वित्तिय संस्थाहरुको प्रतिस्पर्धी त हो नै। तर हामी प्रतिस्पर्धा सँगै अमेरिकाको बढी प्रभाव रहेका ती वित्तिय संस्थासँग सहकार्य गर्न चाहन्छौँ’ उनले भने।

 

कार्यक्रममा नयाँ दिल्लीस्थित जवाहरलाय युनिभर्सिटीका अन्र्तराष्ट्रिय सम्बन्धका प्राध्यापक डा. महेन्द्र पी. लामाले चीन, नेपाल र भारतबीच उर्जा क्षेत्रमा मजबुत सहकार्य आवश्यक रहेको बताए। चीनले ‘ग्लोबल इनर्जि इन्टर कनेक्सन’ स्थापना गर्ने योजना बनाएको उल्लेख गर्दै उनले यसबाट विभिन्न मुलुकबीच हाइ पावर भोल्टेजको बिद्युत् आयात निर्यात गर्न ‘स्मार्ट पावर ग्रिड कनेक्टिभिटी’ विकास गर्न सहयोग पुग्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment