९ कात्तिक, वासिङ्टन । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुर्लभ खनिजहरूको निर्यात प्रतिबन्धलाई ढिलाइ गर्न र अमेरिकी भटमास खरिद पुनः सुरु गर्न अस्थायी सम्झौताका लागि चीनसँग सहमति नजिक पुगेको बताएका छन् ।
यो सम्झौता भएमा अमेरिकाले चीनलाई लगाउने भनेको ठूलो कर वृद्धिलाई रोक्नसकिने सङ्केत पनि गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ मा चीनले दुर्लभ खनिजको विश्वव्यापी निर्यात नियनत्रण गरेमा चीनविद्ध १०० प्रतिशत कर बढाउने चेतावनी दिएका थिए ।
‘मलाई लाग्छ कि हामीले यसलाई रोक्यौं, यो सङ्कट हाललाई टरेको छ,’ आइतबार बेसेन्टले एबीसीको ‘दिस विक’ सँग कुरा गर्दै भनेका छन् ।
‘चीनले दुर्लभ खनिजको निर्यात प्रतिबन्धलाई एक वर्षको लागि ढिलाइ गर्नेछ भने अमेरिकाले अवस्थालाई पुनः जाँच गर्नेछ र पछि निर्णय लिने लिनेछ,’ बेसेन्टले भने ।
बेइजिङले क्वालालम्पुरमा उपप्रधानमन्त्री हे लिफेङसँगको अमेरिकी प्रतिनिधिमण्डलसँगको वार्तामा व्यापार विवाद कम गर्ने सहमतिका लागि ‘पर्याप्त’ कृषि सामग्रीको खरिद गर्न सहमति जनाएको तर सम्झौतामा हस्ताक्षर भने नभएको जनाएको छ।
प्रतिक्रिया 4