Comments Add Comment

पुराना चिज बेच्दैछ उत्तरआधुनिक बेइजिङ

पश्चिमा संस्कृतिको प्रभाव बढ्न थालेकोमा चिन्ता

china5८ जेठ, काठमाडौं । चाइना एयर वा चाइना इस्टर्न एयरवेजका विमानहरु हिमाल काटेर काठमाडौं आउन थालेपछि नेपालमा चिनियाँ पर्यटकको संख्या हृवात्तै बढेको छ । चिनियाँ पर्यटकहरु विशेष गरी काठमाडौं, पोखरा र लुम्बिनी आउने गर्छन् ।

काठमाडौंबाट चेंग्दु वा कुन्मिङ र्फकने विमानमा देखिने चिनियाँ नागरिकको भीड एउटा चश्मदीत प्रमाण हो, जसले नेपालमा चिनियाँ पर्यटकहरुको बढ्दो आकर्षणलाई व्यक्त गर्छ ।

नेपालमा चिनियाँ पर्यटकलाई आकषिर्त गर्ने तत्वहरु केके हुन् ? यो बेग्लै चर्चाको विषय हुन सक्छ । तर, कुनै पनि नेपाली नागरिक घुमफिरका लागि चीनको राजधानी बेइजिङ पुग्यो भने उसलाई चिनियाँहरुले के-के देखाएर लोभ्याउँछन् ? योचाँहि हामी नेपालीका लागि चासोको विषय हुन सक्छ ।

china1यो भनिरहनु पर्दैन कि पछिल्लो दुई दशक यता (अझै भन्ने हो भने  एक दशक यता) बेइजिङ शहर आधुनिकताका नाममा आकाश चुम्ने बाटोतिर लागेको छ । यहाँ गगनचुम्बी महलहरु ठडिएका छन् । एक डेढ दशक पहिलेसम्म बेइजिङमा खासै यति अग्ला संरचनाहरु देखिँदैनथे ।

निश्चय नै कुनै पनि नेपाली बेइजिङ पुग्यो भने उसको पहिलो नजर यहाँको चिनियाँ पर्खालदेखि लिएर आधुनिक विमानस्थल, रेल्वे स्टेशन, अग्ला-अग्ला भवन, फराकिला एवं चिल्ला सडक, फ्लाइओभर, पुल र २८५ किलोमिटर प्रतिघण्टा दौडने बुलेट रेलमा पर्ने गर्छ ।

तर, नेपालीहरुले बेइजिङको भौतिक सम्वृद्धि हेरेर जेजस्तो अनुभूति गरे पनि चिनियाँहरुले भने यहाँका ठूला र अग्ला घरलाई पर्यटकीय प्याकेजमा समेटेका छैनन् । बरु तपाईलाई बेइजिङ छिरेदेखि नै पुराना ऐतिहासिक संरचना एवं तत्कालीन राजाका दरबारतिर लगिने छ । यतिबेला तपाईलाई यस्तो लाग्छ कि उत्तरआधुनिक चीन आफ्ना पर्यटकहरुलाई पुराना एवं ऐतिहासिक चिजबिजहरु बेचिरहेको छ ।

आधुनिक चीनले भगवानका मन्दिरहरु नबनाए पनि पुराना सभ्यतालाई कसरी संरक्षण गरेर राखेको छ र स्वदेशी एवं विदेशी पर्यटकहरुलाई त्यहाँ आकर्षित गरेको छ भन्ने यहाँ हेर्न पाइन्छ ।

china6पर्यटकका रुपमा तपाई बेइजिङ पुगिसकेपछि तपाईलाई ‘टेम्पल अफ हेभन’ अर्थात स्वर्गको मन्दिरमा घुमाइनेछ, जुन प्राचीन कालको कला र संस्कृतिको मिथक हो । नेपालीहरुले अन्न र सहकालका देवता भनेजस्तै चिनियाँहरुको पनि अन्नको देवता र मन्दिर सो स्थलमा छ ।

बेइजिङमा यस्ता चारवटा मन्दिर छन् । पूर्वमा सूर्य देवताको मन्दिर छ भने पश्चिममा टेम्पल अफ मून अर्थात चन्द्र देवताको मन्दिर छ । त्यस्तै शहरको दक्षिणी भागमा स्वर्गको मन्दिर छ भने मध्यभागमा पृथ्वीको मन्दिर अर्थात ‘टेम्पल अफ अर्थ’ छ ।

कम्युनिष्ट पार्टीको शासन रहेको र सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न भएको ५० औं वर्षमा गुज्रिएको चीनले सर्वप्रथम विदेशी पर्यटकहरुलाई आध्यात्मिक स्थलबाट आफ्नो यात्रा सुरु गराउँछन् ।

एकाविहानै खुल्ला चौरमा शारीरिक व्यायाम गर्ने क्रममा ताओलाई सम्झने चिनियाँहरु मनोरम संगीतको सुरमा पानीमा पौडिए जसरी हात हल्लाउँछन् । भौतिक सम्वृद्धिभित्र चिनियाँहरु आध्यात्मिक प्रतीत हुन्छन् । china7

ताओवादको मान्यता नै यो हो कि सामान्य र नरमजस्तो बन र शत्रुमाथि नपत्याउँदो हिसाबले प्रहार गरे । यही ताओवाद चीनको ‘साइलेन्स डिप्लोम्यासी’मा पनि प्रकट भएको पाइन्छ । विदेशी पर्यटकहरुलाई चिनियाँले कम्फू सिकाउने प्याकेज पनि समेटेका छन् ।

स्वर्गको मन्दिर हेरिसकेपछि बेइजिङमा पर्यटकहरुको अर्को गन्तव्य हो चर्चित तेनमेन स्क्वायर । तेनमेन स्क्वायरमा माओत्सेतुंगको शवगृहदेखि नेशनल म्युजियमसम्म हेर्न पाइन्छ । र, त्यहीँबाट सुरु हुन्छ पुराना राजाहरुका दरबार एवं हबेलीहरुको लहरै भ्रमण । चिनियाँ सम्राटहरुले कसरी शासन गरेका थिए, उनीहरु कसरी बस्थे, सुरक्षाका लागि बनाइएका कृत्रिम पोखरीदेखि लिएर सयन कक्षहरु कस्ता थिए भन्ने यहाँ हेर्न पाइन्छ ।  china2

चिनियाँ टुरिष्ट गाइडहरु समूह-समूहमा स्वदेशी र विदेशी पर्यटकहरुलाई राजाका पुराना दरबारका व्याख्या गर्दै घुमिरहेका भेटिन्छन्, नेपालमा हनुमानढोका, नारायणहिटी, पाटन दरबारतिर जस्तै ।

चिनियाँ पर्खाल ५ हजार किलोमिटरमा फैलिएको छ भनिए पनि पर्यटकले घुम्ने एउटा निश्चित ठाउँ छ । बेइजिङ घुम्न आउने पर्यटकलाई चिनियाँहरुले यो पर्खालमा चढाउन बिर्सँदैनन् ।

चिनियाँ पर्खाल चढिरहँदा त्यहाँ पाकिस्तान, बंगलादेश, नेपाल, इण्डोनेसिया, अल्जेरियादेखि लिएर विभिन्न देशका नागरिकहरु देख्न पाइन्छ । चिनियाँ पर्खालमा मानिसहरु दिनहुँजसो दोहोरीलत्त भेटिन्छन् ।

great wall of chinaचिनियाँ पर्खाल आधुनिक संरचना होइन । तर, मक्काइसकेको पर्खाललाई  मर्मत संहार गरेर पर्यटनको विकास गरिएको छ । राजाका दरबारदेखि पर्खालसम्मलाई चिनियाँहरुले पुँजीकृत गरेर राम्ररी भँजाएका छन् ।

बेइजिङको अर्को पर्यटकीय आकर्षण हो समर प्यालेस । चीनका राजा महाराजाहरु गर्मीयाममा बस्न जाने गरेको यो समर प्यालेसमा फेवातालजत्रै ताल हेर्न पाइन्छ, जुन प्राचीनकालको मानव निर्मित पोखरी हो । राजा महाराजाले यहाँ मानवनिर्मित तालमाथि पथ्थरको डुंगा बनाएका थिए, जसमा बसेर राजपरिवारले खाना खान्थ्यो ।  china4

समर प्यालेसमा पनि पर्यटकहरुले हेर्ने भनेको चीनको पुरानो इतिहास नै हो । समर प्यालेस परिसरभित्र लामा टेम्पल पनि छ, जसलाई सर्वहारा सांस्कृतिक क्रान्तिका बेला क्षति पुर्याइएको थियो, अहिले संरक्षण गरिएको छ ।

समर प्यालेसमा दिनमा ३० देखि ४० हजार मानिसहरुले टिकट काटेर भ्रमण गर्छन् । यसरी भ्रमण गर्नेमा विदेशी कम र स्वदेशी बढी हुन्छन् ।

बेइजिङ भ्रमणको अर्को गन्तव्य भनेको तियानजिन शहर हो, जुन शहरमा इटालियन स्टायलका घरहरुलाई संरक्षण गरेर पर्यटक तान्ने प्रयास गरिएको छ । बेइजिङको प्रवेशद्वार मानिने यो शहरमा युरोपियनहरुले बसोबास गर्दा बनाएर महलहरुलाई पर्यटक तान्ने माध्यम बनाइएको छ । साथै यहाँ अवस्थित मानव निर्मित नदी, त्यहाँ गराइने बोटिंग र गगनचुम्बी महलहरु पर्यटकहरु अल्मल्याउने थप माध्यम हुन् ।china3

कुनै पनि पर्यटकले बेइजिङ घुमिसकेपछि  आधुनिकता र भव्य अनि सभ्य शहरको रसस्वादन त गर्छ नै तर, पर्यटकहरुले घुम्ने भनेका ठाउँहरु चाँहि सबै ऐतिहासिक धरोहरहरु नै हुन् । पर्यटनको विकासमा पुराना चिजको महत्व कति छ भन्ने कुरा आधुनिक चीनले राम्रोसित बुझेको छ । चाहे त्यो राजा महाराजाको सयन कक्ष होस् या माओत्सेतुङको शवगृह नै किन नहोस् ।

तपाई बेइजिङ घुम्न जाँदा टुरिष्ट प्याकेजमा शहरको उत्तरतर्फ पर्ने होदुङमा पनि तपाईलाई पुर्‍याइन्छ, जहाँ तपाईले चिनियाँहरु कस्ता घरमा बस्छन् भन्ने थाहा पाउन सक्नुहुन्छ । चिनियाँहरु एउटै ढोकाबाट छिर्न सकिने चार कुने घरमा बस्छन् । ढोकामा ठोकिएको काठमा आधारमा त्यो घर सर्वसाधारणको हो कि ठूलाबडाको हो भने सहजै वर्ग छुयाउन सकिन्छ ।

china8चीनमा जग्गा जमीन सरकारी छ । तर, त्यहाँ बनेको घर वा भौतिक संरचना व्यक्तिगत सम्पत्तिका रुपमा किनबेच हुने गर्छ । चिनियाँहरुलाई देशभरि घुमफिर गर्ने स्वतन्त्रता छ । तर बेइजिङ प्रवेश गरेर लामो समय बस्नका लागि भने उनीहरुले सरकारबाट अनुमति लिनुपर्छ ।

बेइजिङमा बुद्धका निशानीहरु एवं लामा टेम्पलहरु छन् । साथै अरनिकोले निर्माण गरेको संरचना पनि पुरानो राजदरबारबाट देख्न पाइन्छ ।

china1बेइजिङमा पुराना कुराहरु मात्रै छैनन् । बेइजिङ घुम्न जाने पर्यटकहरुलाई त्यहाँ पुरानो कुरामात्रै देखाइन्छ भन्ठान्नुभयो भने तपाईले बेइजिङलाई अधुरै ठान्नुहुनेछ । सात वटा रिङरोडले घेरिएको र करिब ४ करोड मानिस बसोबास गर्ने बेइजिङ शहरमा डिस्को र नाइट क्लबहरु पनि खुलेका छन् । विगतमा दुई हात पर बसेर माया प्रेमको कुरा गर्ने चिनियाँहरु अब सार्वजनिकस्थलमै ‘हक’ र ‘किस’ गर्ने भएका छन् । महिलाहरुका लागि ‘वन पिस’ सामान्य कुरा हो ।

चिनियाँहरुको भनाइमा बेइजिङमा मौलिक संस्कृतिका साथै पश्चिमा संस्कृतिको प्रभाव पनि बढ्न थालेको छ । क्रिश्चियानिटी पनि बढिरहेको छ बेइजिङमा ।

तर, पश्चिमा संस्कृतिको बढ्दो प्रभावप्रति चीनको पुरानो पुस्ता नाराज देखिन्छ । तर, युवा पुस्ता चाँहि खुल्लापन चाहन्छ र त्यस्तो हुन नसकेकोमा पुरानो पुस्ताप्रति बेखुसजस्तै देखिन्छ । यसलाई सामान्यतः पुरानो र नयाँवीचको पुस्तान्तर मान्न सकिन्छ ।

विश्वको दोस्रो अर्थतन्त्र मानिने चीनको सम्वृद्धि हेर्नका लागि नेपालीहरु हिमाल पारि जाने क्रम बढेको छ । र, चिनियाँहरु पनि नेपाल आउने क्रम बढेको छ । चिनियाँहरुलाई नेपालमा थप आकषिर्त गर्नका लागि लुम्बिनीमा ठूला होटलहरु खुल्न जरुरी रहेको सरोकारवालाहरुको भनाइ छ । दिनभरि लुम्बिनी घुमेर बेलुका भारतीय होटलमा बास बस्न जाने विदेशी पर्यटकलाई नेपालमै अड्याउनुपर्ने उनीहरु बताउँछन् ।

meetखानेकुराको हकमा कुरा गर्दा चिनियाँहरु मानिसबाहेक सबै प्रजातिका सजिवहरुलाई आफ्नो शिकार बनाउँछन् । गंगटो, भ्यागुतो, सर्प, बाँदर, कुकुर, गाई, सुँगुर र किरा फट्याङ्यारासमेत चिनियाँहरु खान्की हुन् । तर, उनीहरु कम मसलेदार एवं झोलयुक्त खानेकुरा खान्छन् ।

बेइजिङ घुम्न गएका नेपालीलाई यहाँजस्तो मासुभात हातले मुछेर ग्वाम ग्वाम खान नपाउँदा बोर लाग्न सक्छ । तर, बेइजिङमा मुम्बई निवासी भारतीय नागरिकले खोलेको गंगा रेष्टुरेन्ट पनि छ, जहाँ नेपालीहरुले धित मर्ने गरी खाना खान सक्छन् ।

बेइजिङ नेपालीहरुको बसाइ वा व्यवसाय खासै बाक्लो हुन सकेको छैन । भारतीयहरुले चाँहि बेइजिङमा राम्रै गरी व्यवसायमा हात हालेका छन् । पाकिस्तानीहरुको आवत-जावत पनि बाक्लो छ ।

eating_chinaबेइजिङको इण्डियन रेष्टुरेन्टमा पाकिस्तानीहरुको पनि भीड  लाग्ने गर्छ । नेपालीहरु चाँहि बेइजिङमा त्यसरी रेष्टुरेन्ट नै चलाउने तहसम्म पुगिसकेका छैनन् ।

बेइजिङमै रहेका नेपाली पत्रकार चेतनाथ आचार्यका अनुसार अहिलेसम्म करिब २ सय नेपालीहरु बेइजिङमा रहेको अनुमान छ । नेपाली नागरिक अशोक पाण्डे माइक्रोसफ्ट कम्पनीमा काम गर्थे । एकताका युनेस्कोका बेइजिङ चिफ पनि नेपाली थिए ।

त्यस्तै कृष्ण सिलवाल सिभिल इञ्जिनियरका रुपमा बेइजिङका काम गरेका नेपाली हुन् । चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा तीनजना नेपाली पत्रकारहरु कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment