Comments Add Comment

अमेरिकाबाट राजबल्लभले धुर्मुस-सुन्तलीलाई १ लाख पठाउने

rajballav-koiralaकाठमाडौं । अमेरिका बस्दै आएका नायक राजबल्लभ कोईरालाले धुर्मुस-सुन्तली फाउन्डेसनलाई एक लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।

धुर्मुस-सुन्तलीद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन बस्तिका लागि उनले आफ्नो हजुरबा टिकाबल्लभ कोईरालाको नाममा सहयोग गर्न लागेका हुन् ।

‘६५ परिवारका लागि चार करोड भन्दा बढीको अनुमानित लागतमा निर्माणाधिन गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि१ लाख एकजार दिने प्रतिबद्धता गरेँ,’ उनले भनेका छन् ।

दुई दिन भित्रै सो रकम सिताराम कट्टेल (धुर्मुस) मा हातमा पर्ने उल्लेख गर्दै राजबल्लभले भनेका छन् ‘सहयोग रकम सानो हुँदैन, सबै भन्दा ठूलो मन हो । अब तपाईको पालो ।’

‘हाईवे टु धुम्पुस’ को सुुटिङको सिलसिलामा अमेरिका गएका राजबल्लभ अहिले अमेरिकामै छन् । ‘हाईवे टु धुम्पुस’ले केहि अन्तराष्ट्रिय फोरममा अवार्ड समेत पाएको थियो । पर्खी बसेंवाट अभिनयमा डेब्यु गरेका राजबल्लभले अपवाद, पहिलो पहिलो माया लगायत डेढ दर्जन फिल्ममा अभिनय गरेका छन् ।

हास्यकलाकार दम्पत्ति धुर्मुस सुन्तली अभिनय संगै पूर्ननिर्माणमा संलग्न छन् । यसयअघि उनीहरुले काभ्रेमा भूकम्प पीडितका लागि नमुना बस्ति निर्माण गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment