Comments Add Comment

‘ओली सरकार ! भाषणअनुसार शासन चाहियो’

KP Oli

‘उँडी छुनु चन्द्र एक भन्ने महाकवि बन्ने, रेल र पानीजहाज चलाउँछु भन्ने महापागल कसरी ?’

‘रेल र पानीजहाज असम्भव भन्नेहरूको फोटो खिचम है साथि हो, पछि कन्डक्टरलाई दिनुपर्छ, अनि हेरम् कसरी चढ्लान् !’

‘रेलको ड्राइभर हुन ट्रायल दिनुपर्ने कि नपर्ने हो ?’

‘पानीजहाजको खलासी बन्ने हो अब ।’

केही दिनदेखी यस्तै गफगाफ सामाजिक संजाल, चिया चौतारी, क्याफे, चौर, वजार सबैतिर छाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल चलाउने उद्घोष गरेदेखि सुरू भएको छुकछुके हाँसो पानीजहाजको परिकल्पनाको बुई चढेर हिन्द र प्रशान्त महासागरको छाल उर्लेसरी उर्लियो । अहिले अलि साम्य हुँदै यसको पक्ष र विपक्षमा स्पस्ट दुई धार सिर्जना भएको छ ।

यसलाई सम्भव छ भन्ने पक्षले #imwithkpoli# जस्ता अभियानै चलाएर लागीपरेका छन् । पानीजहाज र रेलको इतिहास खोतलेर पानीजहाजका सन्दर्भमा समकक्षी भुपरेवेष्ठित मुलुक मंगोलियाको २०६ पानीजहाज समुद्रमा चलिरहेकोदेखी नेपालले नै वि.सं. २०२७ मा नेपाली झण्डा अंकित पानीजहाज किनेको प्रसंग चर्चामा छ । सो पानीजहाज कोलकत्ता वन्दरगाहमा आएर नेपालले किस्ता नतिरेपछी फिर्ता भएको तथा विसं २०३४ को दोस्रो असफल प्रयास सम्मलाई पेस गरिएका छन् ।

Keshab-Prashad-Pandeyसम्भावनाका खाका देखाएर हरसम्भव सम्भावनाको वलियो पक्ष उजागर गर्ने प्रयत्न गरिरहेका छन् । ओलीका समर्थक भन्छन्, ‘ओलीले बोलेर केही बिगारेनन्, बरू यसबाट निराशाकाबीच केही आशा थपिएको छ ।’

अर्को पक्षले यो सबैलाई ओलीको स्वैरकल्पनाको रूपमा उल्लेख गर्दै कागजका डुङ्गा वनाएर पानीमा तैराउदै विभिन्न कार्टुन र जोक्स वनाएका छन् । देशको वर्तमान आवश्यकता विपरितको अतिरञ्जना र अति महत्वकांक्षी भनाई उनीबाट आएको  आलोचकहरुको टिप्पणी छ ।

चीनबाट नेपालका लागि भनेर रेल गुड्दा भारतीय मिडियाले ‘ड्रागनके कब्जेमे नेपाल…भारतके कुटनीतिक हार‘ भन्दै कोलोहोलो मच्चाइरहेका थिए । यसमा नेपाली जनस्तरदेखी भारत र चीनसम्मको चासो हृववात्तै देखियो ।

यी दुवै पक्षका विचारहरू वास्तवमा स्वभाविक नै हुन् । समर्थकले भनेजस्तो पिएम ओलीका सुन्दर परिकल्पना युगअनुरूप नै हुन । सपना देख्नेले नै केही गर्ने सामर्थ्य राख्छ । यो ओलीको कार्यकालमा असम्भव भएता पनि भविष्यका लागी परिवर्तनका पक्षमा आधार अवश्य बन्न सक्छ ।

कल्पनामा रमाउने मानवीय स्वभावले नै परिवर्तन सम्भब भएको हो । मानिसले आफ्नै लागी बनाएका कल्पना त साकार हुन समय लाग्छ । देशको सन्दर्भमा पनी समय अवश्य लाग्छ नै ! एकै चुट्कीमा सम्भव छ भनिएको होइन ।

त्यस्तै असम्भव पक्षले भनेजस्तो ओलीले दुवै खुट्टा उचालेर यावत समस्याको धरातल टेक्न भुलेका छन् । जनताले बुझ्ने भाषामा कार्यक्रम नल्याई जिम्मेवार पदका व्यक्तिले भाषालाई नतौलिई सर्वसाधारण जसरी हँसाउन मात्र भनेजस्तो भएको छ । ओलीको भनाइमा गाम्भिर्यता पनि देखिन्छ ।

सम्भावनाका आधारका रूपमा चीनबाट नेपालको लागी सिगात्गोसम्म रेल आउनु र चीनसँगको पारवहन सम्झौतापश्चात पानीजहाजको परिकल्पना गर्नु हाँस्यास्पद हुन सक्दैन । यसले तत्कालमा पछिल्ला विकासे परिकल्पनाका लागी मानसिक रूपमा जनतालाई तयार पार्न सकेको छ ।

वास्तवमा ओली कुनै ग्रहबाट आएका प्राणी थिएनन् र जादुको भरमा छिनमै कायापलट गर्न सकुन् । त्यसका लागी समय र साथ आवश्यक छ । अहिलेको सरकाको सत्ता सहयात्री भरपर्दो छैन । त्यसैले सरकार टिक्ने अनिश्चितताका कारण यसबाट दुरदर्शी निर्णय लिन खोज्दा जो कोही पनि स्वप्नदर्शी देखिनु अस्वभाविक होइन । उनले यही विश्व परिवेशमा भइरहेका र देखेका केही किलोमिटर दुरीका सम्भावनाका कुरा न गरेका छन् ।

एउटा कार्यकारी नेतृत्वले आफ्ना कार्यक्रम जनतासामु राख्न पाउनुपर्छ र अगाडि बढ्न पाउनुपर्छ । नबढे भविष्यको फैसला जनताको हातमा हुनेछ । जसका लागी निश्चित समयसम्मको सत्ताको सुनिश्चितता र जननिर्वाचित कार्यकारी रहनुपर्दछ । देशको कार्यकारीले निश्चित आधारसहीत भाषण गरेर जनतालाई सूसुचित गर्दै भाषण अनुरूपको शासन गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment