+
+
Shares

७६ हजार घुस लिँदै गर्दा दुई कर्मचारी पक्राउ

रासस रासस
२०७३ जेठ ११ गते १०:४१

११ जेठ, धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घाट गद्दी गरिएको काठ बिमार्का(टाँचा) गर्दा घुस लिइएको भन्दै कैलालीमा दुई जना वन कर्मचारीलाई सोमबार पक्राउ गरेको छ ।

akhitarसेक्टर वन कार्यालय बलचौर (कैलाली)का सहायक वन अधिकृत राजकुमार मल्ल र इलाका वन कार्यालय टीकापुरका रेञ्जर बाबुराम मिजारलाई घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका निमित्त प्रमुख विष्णुसिंह विष्टले  बताए ।

कैलालीको नारायणपुर गाविसको बैदी भन्ने ठाउँमा घाट गद्दी गरिएको एक हजार ७०० क्युफिट सिमलको काठमा बिमार्का गरिदिएबापत काठ खरिद गर्नेबाट  ७६ हजार ५०० घुस लिइरहेको अवस्थामा निजहरुलाई रकमसहित पक्राउ गरिएको विष्टले बताउनुभयो ।

आयोगको महेन्द्रनगर र कोहलपुरस्थित कार्यालयको संयुक्त टोलीले निजहरुलाई घटनास्थलमा पक्राउ गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?