+
+

तीन दिनभित्र अदालतमा उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ११ गते १५:२२

prachanda

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अपहेलनासम्वन्धी मुद्धामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई तीन दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

प्रचण्डले सशस्त्र द्वन्द्वकालीन मुद्धामा अदालतले आफ्ना पार्टीका नेताहरुलाई फसाउने खोजेको भनेको र यसले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंगलबार कामु प्रधानन्यायाधीश सुशील कार्कीको इजलासले प्रचण्डलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । अादेशको लिखित भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?