Comments Add Comment

च्याम्पियन्स लिगको फाइनलअघि रोनाल्डो घाइते, रियलको चिन्ता बढ्यो

Ronaldo

११ जेठ, काठमाडौं । रियल म्याड्रिडको उपाधिको आशा गरेको युरोपियन च्याम्पियन्स लिगको फाइनल आउन चार दिन बाँकी छँदा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो घाइते भएका छन् । स्टार खेलाडी प्रशिक्षणमा उपस्थित हुन नसकेपछि रियलका खेलाडी र अफिसियलमा चिन्ता बढेको छ ।

टेन एसाइड प्रणालीमा खेलाइएको प्रशिक्षण खेलका दौरान बल नियन्त्रणमा लिने क्रममा रोनाल्डो टोलीका ‘रिजर्भ’ गोलकिपर काइक क्यासिलासँग ठोक्किएर भुईंमा लड्न पुगेका थिए ।

लगत्तै ट्रेनिङ सेसनमा उपस्थित रियलको मेडिकल टोलीले उनको उपचार गरेको थियो । त्यसबीचमा करिब १० मिनेट खेल स्थगित भएको थियो । उपचारपछि पनि उनी मैदानमा फर्केनन् ।

Ronaldo1

इन्ज्यूरी त्यति खतरनाक नभएको बताइएपनि मैदानबाट बाहिरिदै गर्दा निक्कै निराश र रिसाएका जस्ता देखिने रोनाल्डोले पानीका बोत्तलमा खुट्टाले प्रहार गरेका गर्दै ड्रेसिङ रुमतर्फ लागेका थिए ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि रोनाल्डो फिट नरहेको स्वीकार गर्दै भनेका छन् कि आगामी शनिबारसम्म उनी पूर्ण फिट भइसक्नेछन् ।

रियलले आगामी शनिबार राति युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागी शहरी प्रतिद्धन्दी एथ्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । रियलले यो सिजन उपाधिको आशा गर्को प्रतियोगिता यही हो । यसअघि ला लिगा र कोपा डेल रेको उपाधि रियलले गुमाइसकेको छ । दुवै प्रतियोगिताको उपाधि बार्सिलोनाले रक्षा गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment