Comments Add Comment

९ सय ५२ किलो प्याजको मूल्य जम्मा डेढ रुपैयाँ

onionशीर्षक पढ्दैमा अपत्यारिलो तथा बकवास लाग्नसक्छ । तर यो कुनै मनगढन्ते कुरा होइन । आखिर किसानहरुले मरीमरी गरेको दुख कसरी पानीमा बग्छ र हातलाग्यो शून्य हुन्छ भन्ने कुराको ससक्त उदाहरण हो ।

यो घटना भारतका हो । भारतको पूणेका एक किसानले ९ सय ५२ किलो प्याज बेच्दा उनको हातमा केवल १ भारु अर्थात् डेढ रुपैयाँ हात परेको छ ।

पूणेको शिरुर तहसिलको वडगाउँ सराइ गाउँमा बस्ने देवीदा मारुती नामक किसान प्याजको खेती गर्दछन् । केही दिनअघि उनले गुलटेकडी बजारमा ९ सय ५२ किलो प्याज बेचे । उनले १.६० भारु  प्रतिकिलोको भाउ पाए र ९ सय ५२ किलो प्याजको मूल्य १५ सय २३ रुपैयाँ २० पैसा पर्यो ।

तर देवीदासको हातमा रहन कहाँ पायो र त्यो रकम ? त्यसमध्ये उनले ९१ रुपैयाँ ३५ पैसा कमिसन दिनुपर्यो । प्याजको बोरा उठाउने मजदूरलाई ५९ रुपैयाँ दिए । बोरामा प्याज भर्ने कामदारका लागि १८ रुपैयाँ ५५ पैसा दिए भने प्याजको वजन गर्नका लागि ३३ रुपैयाँ ३० पैसा दिनुपर्यो ।

प्याजलाई गाडीमा बजारसम्म पूराउँदा उनको १३ सय ५० रुपैयाँ भारु खर्च भयो । यी सबै खर्च कटाउँदा उनको हातमा जम्मा १ रुपैयाँ भारु बचेको थियो । अर्थात् ९ सय ५२ किलो प्याज बेच्दा उनले जम्मा १ रुपैयाँ भारु हात पारे । उब्जनीको खर्च त आफ्नै ठाउँमा छ ।
३ छोरा र एक छोरीका पिता मारुतीले साढे ४ एक्कड जमिनमा प्याज खेति गर्दछन् । प्याज खेतिका लागि उनले बैंकबाट २ लाख भारु कृषि कर्जा लिएका थिए । २ लाख लिएर गरेकेा प्याजखेतिबाट १ रुपैयाँ मात्र आर्जन भएपनि उनी ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment