१३ जेठ, बैतडी । वर्षासँगै आएको बाढीले घर भत्किँदा बैतडीको कुलाउमा गएराति एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लक्ष्मण शाहीका अनुसार कुलाउ–४ गुङरीका करनसिँह साउदकी ३४ वर्षीया श्रीमती कलावती साउदको ज्यान गएको हो ।
बुधबार राति अविरल वर्षासँगै आएको बाढी घरभित्र पस्दा घर भत्केको र घरको छतले च्यापिएर कलावतीको मृत्यु भएको बताइएको छ ।
घर भत्किँदा साउदले पालेका एक गाई र नौ बाख्रा पनि मरेका छन् । घटना राति भएकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
घटनास्थलमा राति नै प्रहरीको टोली पुगिसकेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । खेत घट्टहरु बगाएका विवरण पनि आउन थालेको र घटनाका विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4