+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

असोज बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको बाढी–पहिरोको प्रारम्भिक हानि तथा क्षति मूल्यांकनबाट ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार ५ सय ५० रुपैयाँ बराबर क्षति भएको देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १९:०२
सुनकोसीको बाढीले डुबानमा पारेको सुनकोसी गाउँपालिका–५ स्थित मुलकोट बजार । तस्वीर : रासस

३० कात्तिक, काठमाडौं । गत असोज दोस्रो साता आएको अविरल वर्षा र बाढी–पहिरोका कारण अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको बाढी–पहिरोको प्रारम्भिक हानि तथा क्षति मूल्यांकनबाट ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार ५ सय ५० रुपैयाँ बराबर क्षति भएको देखिएको हो ।

प्राधिकरणले भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि तथा पशुपन्छी र सिँचाइमा उक्त रकम बराबर आर्थिक क्षति भएको अनुमान गरेको छ ।

विज्ञका अनुसार यो क्षतिले मुलुकको अर्थतन्त्र विस्तारमै असर गर्ने गर्छ । मनसुनको अन्त्यतिर आएको बाढीले २ सय ४९ जनाको ज्यान लिएको थियो । १८ जना अझै बेपत्ता छन् । १ सय ७७ घाइते भएका थिए ।

पूर्वाधारमा ३९ अर्ब क्षति

प्राधिकरणका अनुसार बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा मात्र ३९ अर्ब रुपैयाँ बराबर क्षति भएको देखिएको छ । बाढीले देशभरि ४४ पुलमा क्षति गरेको थियो । जसको आर्थिक क्षति १ अर्ब ४ करोड बराबर छ ।

त्यस्तै दूरसञ्चारका ४ सय ४६ संरचनामा क्षति पुगेको छ । जसको आर्थिक क्षति १५ करोड २३ लाख बराबर देखिन्छ । खानेपानी र सरसफाइमा १ हजार ६ सय ७८ संरचनामा क्षति पुगेको छ । जसको क्षति ५ अर्ब ९० करोड ६० लाख बराबर छ । जलविद्युतका २६ संरचनाको क्षति हुँदा ३ अर्ब १ करोड बराबर छ ।

त्यसैगरी सडकमा २ अर्ब ७९ करोड बराबर क्षति पुगेको देखिएको छ । देशभरि सडकमा ४१ स्थानको संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

सार्वजनिक यातायाततर्फ ८४ संरचनामा ७२ करोड बराबर क्षति पुगेको प्राधिकरणको तथ्यांक छ । सार्वजनिक भवनमा ९ करोड ५० लाखसहित पूर्वाधारमा कुल ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर क्षति पुगेको छ ।

निजी आवासमा कति क्षति ?

असोज बाढीबाट देशभरि ५ हजार ९ सय ९६ घरमा पूर्ण तथा १३ हजार ४९ मा आंशिक क्षति पुगेको तथ्यांकमा छ । बाढी र पहिरोले १० हजार ८ सय ७ जनाले घर गुमाएका छन् । बाढीबाट १६ हजार २ सय ४१ जना प्रभावित भएका छन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रका ६ संरचनामा पूर्ण र ३३ मा आंशिक क्षति पुगेको छ । जसको आर्थिक क्षति २ करोड १७ लाख बराबर छ । शिक्षातर्फ ६ भवनमा पूर्ण र १ सय ३६ संरचनामा आंशिक क्षति पुगेको तथा यसको आर्थिक भार ७ करोड २ लाख रुपैयाँ बराबर छ ।

कृषिमा कति ?

बाढी र पहिरोले कृषि क्षेत्रमा ५ अर्ब ८८ करोड २८ लाख बराबर क्षति भएको देखिएको छ । सिँचाइमा १ अर्ब ३५ करोड बराबर क्षति भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?