+
+

ऐश्वर्याको लिपस्टिकको बिषयमा सोनमको यस्तो बयान

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १३ गते १३:१०

aiswarya raya purple lipistic
‘कान्स फिल्म फेस्टिबल’ सकिएपनि बलिउड नायिका ऐश्वर्या रायको लिपष्टिकको बिषयमा चर्चा कम भएको छैन । सामाजिक संजालमा उनले लगाएको पर्पल लिपष्टिकलाई लिएर अझै पनि चर्चा भैरहेको छ । ऐश्वर्याको लिपष्टिकको बिषयमा अर्की नायिका सोनम कपुरले धारणा राखेकी छिन् । सोनम पनि फेसनमा चर्चित छिन् ।

उनले ऐश्वर्याको पर्पल लिपष्टिकको बिषयमा दिएको बयान उनकै शैलीमाः
फेसन र मेकअप मानिसका विचमा चर्चा पाउनका लागि गरिन्छ । सायद, ऐश्वर्या पनि यहि काम गर्न चाहन्थिन् । उनलाई जुन कुरा प्राप्त गर्नु थियो त्यो पाएकी छिन् । मलाई लाग्दैन उनले कान्स फेस्टिबलमा त्यो दिन अर्कै उद्देश्य लिएर सहभागीता जनाएकी थिइन् । मलाई लाग्छ उनको उपस्थित निकै राम्रो रहन पुग्यो ।

यो शैली साह्रै कुल थियो । उनी अहिले हरेक स्थानमा ट्रेन्ड गरिरहेकी छिन् । मैले पनि पर्पल लिपस्टिक लगाएकी थिएँ । यहाँसम्म कि, कालो सुट पनि लगाएकी थिएँ । तर, कसैले यस बिषयमा चर्चा नै गरेनन् । ऐश्वर्या जे पाउन चाहन्थिन्, त्यो पुरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?