+
+
Shares

नेपालमा अमेरिकाले भारतको विदेश नीतिलाई समर्थन गर्दैनः अमेरिकी राजदूत

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १४ गते ६:४६

१४ जेठ, काठमाडौं । अमेरिकाले नेपाललाई भारतीय नजरबाट हेर्ने गर्छ भन्ने सामान्य नेपाली मान्यता सही नभएको र अमेरिकाले नेपाललाई स्वतन्त्र आँखाबाट हेर्ने गरेको अमेरिकी राजदूत एलाइना बी तेप्लिजले बताएकी छिन् ।

Alaina B. Teplitz1अमेरिकी राजदूत तेप्लिजले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा बिहीबार आयोजित एसिया क्षेत्रमा अमेरिकी विदेश नीति’ विषयक अन्तक्रियामा भनिन्,’पहिलो कुरा अमेरिकाले आफ्नो विदेशी नीतिको सवालमा भारत वा अन्य कुनै पनि मुलुकलाई डिकेक्ट गर्न अनुमति दिँदैन ।’ आजको अन्नपूर्णमा समाचार छ ।

नेपालमा अमेरिकाले भारतको विदेश नीतिलाई समर्थन गरेको भन्ने प्रायजसो सुनिने गर्छ । यो देख्दा अचम्म लाग्छ । हाम्रो नेपालप्रति भिन्नै नीति थिएन र भारतकै नीति अख्तियार गरिइको हुन्थ्यो भने यहाँ अमेरिकाले किन दूतावास स्थापना गर्नुपथ्र्यो र ?’

उनले अमेरिकाले नेपालका लागि आफ्नो नीति भारतबाट आइटसीर्सिङ गर्दै आएको भन्ने चर्चा नेपालमा हुने गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?