+
+
Shares

खटाइएको गाउँ गएनन् ४२८ इन्जिनियर

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १४ गते ६:०७

Engineers are checking cracked houses (4)१४ जेठ, काठमाडौं । सहरी विकास मन्त्रालयले पुनर्निमार्णका लािग छनोट गरेका चार सय २८ जना इन्जिनियरले भूकम्पबाट क्षति प्रभावित १४ जिल्लाका पाँच सय ७५ गाविस र ४२ नगरपालिकामा गएर काम गर्न अनिच्छा व्यक्त गरेका छन् ।

खटाइएको गाँउ र नगरपालिकामा ती इन्जिनियर हाजिर नभएपछि सहरी विकास मन्त्रालयले वैकल्पिकमा पारेर छनोट हुन नसकेका चार सय २८ इन्जिनियरलाई पठाउने तयारी गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

एक हजार तीन सय ४६ पछि क्रमशः दुई हजार नौ सयको वैकल्पिक सूचीमा रहेका इन्जिनियरबाट आवेदन मागरेर मन्त्रालयले चार सय २८ जना इन्जिनियर छनोट गरी गाउँमा पठाउन लागेको हो ।

हालसम्म नौ सय १८ जना इन्जिनियर मात्र खटाइएका गाविस र नगरपालिकामा हाजिर भएका छन् । सहरी विकास मन्त्रालयले एक महिनाअघि एक हजार तीन सय ४६ जना इीनजनियर छनोट गरी नियुक्ति दिएर भूकम्पबाट प्रभावित १४ जिल्लामा खटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?