वाशिंगटन डिसी । अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनलार्इ कतिपय सञ्चार माध्यमले गौतम बुद्धको बारेमा गलत प्रचार गरिरहेको जनाकारी गराइएको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको एक भब्य कार्यक्रममा नेपाली मूलका युवा तथा सामाजिक सेवामा क्रियाशील रहेका प्रकाश थापाले पूर्व राष्ट्रपति क्लिन्टनलाई बुद्धको जन्म नेपालमा भएको भएपनि केही सञ्चार माध्यममले भारतमा बुद्धको जन्मभएको गलत प्रचार गरेको जानकारी गराएका हुन् ।
थापाले क्लिनटनलार्इ भगवान बुद्ध जन्मेको देश नेपाल लुम्बिनी एक पटक भ्रमण गर्न समेत अनुरोध गर्दै बुद्ध धर्म परम्परागत खादा लगाइदिएका थिए ।
बिशिष्ट व्यक्तिहरु लाई बोलाएको उक्त कार्यक्रममा राष्ट्रिय नेतृत्त्व परिषद सदस्य अजय जैन भुटारियाले स्वागत गरेका थिए ।
प्रकाश थापा तेक्वान्दो खेलाडी तथा गुरु हुन् भने ग्लोबल चलचित्र उत्सवका विश्व नेतृत्वको साथै ह्युमन फर हयुमानिटी एक्सन फर नेसन्सका सभापति पनि हुन् ।
थापाले यस अघि पनि अमेरिकी राष्ट्रपतिकी उम्मेदवार तथा पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनलाई भेट गरि बुद्धको जन्मभूमी नेपाल भएको जानकारी गराएका थिए । उक्त अवसरमा हिलारीलाई गौतम बुद्धको जन्म स्थल जान आग्रह गरेका थिए ।
प्रतिक्रिया 4