Comments Add Comment

मदिरा र सूर्तीजन्य वस्तुको मूल्य बढ्यो, विद्युतीय सवारीको मूल्य घट्यो

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा करका दरहरु खासै परिवर्तन गरेको छैन् । सरकारले बजेटमा करको दायरा फराकिलो बनाई राजश्व बढाउने नीति अंगालेको छ ।

सरकारले नयाँ बजेटमा मदिरा, वियर र चुरोट लगायतका वस्तुहरुको आन्तरिक उत्पादन तथा आयातमा लाग्ने अन्तःशुल्क तथा भन्सार महशुल बढाएको छ ।

bearमदिरा, वियर, वाइन, चुरोट लगायतका सूर्तीजन्य तथा मदिराजन्य वस्तुमा लगाउँदै आएको अन्तःशुल्क स्टिकरलाई प्रविधिमा आधारित अनुगमन र परीक्षण गर्न सक्ने प्रणालीको कार्यान्वयन गरी राजश्व चुहावट नियन्त्रण गरिने छ ।

राजश्व संरक्षणका लागि हाल वियरको कार्टुनमा लगाइएको अन्तःशुल्क स्टिकर प्रत्येक वोतलमा लगाउने व्यवस्था मिलाइएको छ ।

सबै प्रकारका ठूला विद्युतीय सवारी साधनको पैठारीमा लाग्ने अन्तःशुल्क पूरै छुट दिई एक प्रतिशतमात्र भन्सार महशुल कायम गरिएको छ । निजी प्रयोगकका विद्युतीय सवारी साधनको पैठारीमा अन्तःशुल्क पुरै छुट दिई १० प्रतिशतमात्र भन्सार महशुल कायम गरिएको छ ।

सरकारले वाषिर्क १ करोडसम्मको कारोबार गर्ने साना तथा मझौला करदाताले लेखा परीक्षण गर्न नपर्ने व्यवस्था गरिएको छ । यसअघि ५० लाखभन्दा बढीको कारोबार गर्ने करदाताले लेखा परीक्षण गर्नुपर्ने व्यवस्था थियो ।

सरकारले सेवा कारोबार तथा वस्तु र सेवा मिश्रति कारोबारको मूल्य अभिवृद्धि कर लाग्ने सीमालाई १० लाखबाट बढाएर २० लाख रुपैयाँ कामय गरेको छ ।

सरकारले करको दायरा फराकिलो बनाउन आय अर्जन र व्यवसाय गर्ने सबैलाई स्थायी लेखा नम्बर प्रदान गरी थप तीन लाख नयाँ करदातालाई करको दायरामा ल्याउने भएको छ ।

औद्योगिक प्रतिष्ठानको प्रर्दशनी कक्ष, बिक्री कक्ष, पसल, होटल र रेष्टुरेन्ट तथा बार लगायतका वस्तु तथा सेवाको बिक्री गर्ने स्थानमा प्रर्दशन गरिने मूल्यमा मूल्य अभिवृद्धि करसहितको मूल्य अंकित गर्नुपर्ने अनिवार्य व्यवस्था मिलाइएको छ ।

सवारी साधनहरुको भन्सार जाँचपास गर्दा उत्पादक, उत्पादकको आधिकारिक बिक्रेता र आधिकारिक खरिदकर्ता बीचको त्रिपक्षीइ सम्झौतालाई भन्सार मूल्यांकनको आधार बनाइने छ ।

आयकर छुटको सीमा प्राकृतिक व्यक्तिको लागि २ लाख ५० हजारबाट ३ लाख ५० हजार र दम्पत्तीका लागि ३ लाखबाट ४ लाख रुपैयाँ पुर्‍याइएको छ । साना तथा मझौला करदाताहरुलाई करको भार कम गरी स्वेच्छिका कर सहभागिता वृद्धि गर्न कारोबारमा लाग्ने आयकरको दरलाई घटाइएको छ ।

कृषिका लागि आवश्यक पर्ने यन्त्र उपकरण तथा मेशिनरीमा एक प्रतिशतमात्र भन्सार महशुल लाग्नेभ एको छ । पंक्षी, माछा, फलफुल र मौरीपालन व्यवसायको वीमा प्रीमियममा मूल्य अभिवृद्धि कर छुट दिइएको छ ।

पशुपालन तथा दुग्ध व्यवसायलाई प्रोत्साहन दिन माछामासु ढुवानी गर्ने गाडी तथा दूध ढुवानी गर्नै ट्यांकरमा एक प्रतिशतमात्र भन्सार महशुल लाग्ने भएको छ । ग्यासको ढुवानी गर्ने बुलेटमा लाग्ने भन्सार महशुलमा दुई तिहार्य छुट दिने व्यवस्था भएको छ ।

पुराना ब्याट्रीको पुनः प्रशोधन गर्ने  उद्योगले आयात गर्ने मेशिनरी उपकरणमा एक प्रतिशतमात्र भन्सार महशुल लिने प्रबन्ध मिलाइएको छ । स्वास्थ्य संस्थाले मूल्य अभिवृद्धि कर पुरै छुट दिई भन्सार महशुल एक प्रतिशतमात्र लिने व्यवस्था मिलाइएको छ ।

सञ्चार गृहले पत्रपत्रिकाको प्रकाशनको लागि आयात गर्ने अखबारी कागजमा एक प्रतिशतमात्र भन्सार लाग्ने गरी महशुल छुट दिएको छ ।

व्यवसायीहरुले विदेशी मुलुकमा तिर्नु परेको डिटेन्सन, डेमेरेज र पार्किङ शुल्क भन्सार मूल्यमा समावेश नगर्ने र आयकर प्रयोजनका लागि यस्तो खर्च कट्टी गर्न दिने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment