+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

हावाबाट बिजुली हावामै सीमित !

उद्योगमन्त्री भन्छन्- इनार र बोरिङबाट ग्यास बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १६ गते १८:०६
Wind-Light
पर्वतको फलामखानीमा लथालिङ अवस्थामा हावाबाट विद्युत निकाल्ने यन्त्र

१६ जेठ, काठमाडौ । हावाबाट बिजुली निकाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना बैकल्पिक उर्जा केन्द्र र विद्युत विकास विभागवीच समन्वयनको अभावमा अघि बढ्न सकेन । दुई निकायवीचको विवादका कारण यो योजना अलपत्र परेको छ ।

हावाबाट विजुली निकाल्न लगानीकर्तालाई लाइसेन्स दिने काममा विद्युत विकास विभागले चासो नराखेको वैकल्पिक उर्जा केन्द्रको आरोप छ ।

अहिलेे सञ्चालनमा रहेका १० देखि २० मेगावाटसम्मको हवाइ विद्युत उर्जाको सम्पूर्ण काम भने बैकल्पिक उर्जा केन्द्रले नै हेर्दै आएको छ ।

वैकल्पिक उर्जा केन्द्रले अध्ययन भइसकेका ठाउँहरुबाट हवाइ विद्युत निकाल्न प्रतिमेगावाट करिब २ करोडका दरले सरकारसँग बजेट माग गरेको थियो ।

‘जमिन अधिग्रहण गर्ने, लाइसेन्स दिने जस्ता प्रारम्भिक काम विद्युत विकास विभागले गर्ने हो, उहाँहरुले किन चासो देखाउनुभएन, थाहा भएन,’ बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका एक अधिकारीले भने, ‘हामीले प्राविधिक सहयोग मात्रै गर्ने हो ।’

अहिले केन्द्रले वायु उर्जा उत्पादनका लागि आवश्यक सूचना संकलन गरिरहेको बताएको छ ।  ‘प्रधानमन्त्रीले भाषण गर्ने वित्तिकै रातारात हावाबाट बिजुली बल्दैन, कम्तिमा एक बर्ष त सूचना संकलनकै लागि समय लाग्छ,’ केन्द्रका ती अधिकारीले भने ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अनलाइनखबरसँग भने, ‘इमाडोल क्षेत्रमा रहेका ग्यास, त्यस वरिपरि खनिएका गहिरा इनार र बोरिङबाट बाहिर गएको देखिन्छ

वैकल्पिक उर्जा केन्द्रले विश्व बैंकसँग मिलेर अहिले हावाबाट कुन कुन ठाउँमा, कति क्षमताको विद्युत निकाल्न सकिन्छ भनेर अध्ययन गरिरहेको बताएको छ ।

पाइपलाइनबाट ग्यास पठाउने योजना पनि अलपत्र

पाइपलाइनबाट घरघरमा ग्यास पुर्‍याउने प्रधानमन्त्रीको योजना अनुसार मन्त्रालयले राजधानीका तीन ठाउँ इमाडोल, टेकुको पचली र हात्तीवनबाट ग्यास उत्खननका लागि काम गरिरहेको बताएको छ ।

इमाडोलमा भने प्रारम्भिक अध्ययनमा ग्यासको मात्रा प्रशस्त नदेखिएकाले कम प्राथमिकतामा राखेर काम भइरहेको छ ।

यसअघि टेकु पचलीमा पनि ग्यासको व्यवसायिक सम्भावना नभएको प्राविधिकले जनाएका थिए ।

जापानी संस्था जाइकाको सहयोगमा २५ बर्ष अघि टेकु पचलीबाट ग्यास उत्खखन् गरेर केही घरमा पाइपबाट वितरण गरिएको थियो । त्यतिखेर ३ सय ५० मिटर तलसम्म पाइप गाडेर ग्यास निकालिएको थियो । अहिले उक्त पाइप भूकम्पका कारण भाँच्चिएकाले सफा गर्ने र नयाँ पाइप हाल्ने काम भइरहेको मन्त्री सोमप्रसाद पाण्डेले बताए ।

यस्तै ललितपुरको हात्तीवनमा पनि ग्यास उत्सर्जनका लागि अध्ययन भइरहेको छ । प्राविधिकलाई उद्धृत गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अनलाइनखबरसँग भने, ‘इमाडोल क्षेत्रमा रहेका ग्यास, त्यस वरिपरि खनिएका गहिरा इनार र बोरिङबाट बाहिर गएको देखिन्छ । यसलाई उत्खनन गरे पनि व्यवसायिक प्रयोजनका लागि उपयुक्त देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?