नायक सविन श्रेष्ठले निर्माण गर्ने भनिएको चलचित्र ‘हिरो’का लागि एक निर्माताले टिमअप गरेका छन् । भदौबाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रमा अब यसअगाडि ‘दमदार’ चलचित्र बनाएका निर्माता चन्द्र गौतमले टिमअप गरेका हुन् । यो चलचित्रमा सविन र नायिका रेखा थापा मुख्य भूमिकामा थिए । चलचित्रमा गौतम कार्यकारी निर्माताको रुपमा प्रस्तुत हुनेछन् ।
हरेक बर्ष एउटा चलचित्र बनाउने योजनामा रहेका गौतमले सविनसँग टिमअप गर्न पाउँदा खुशी व्यक्त गरे । गौतम समाजसेवामा पनि सक्रिय छन् ।
चलचित्रका नायक तथा निर्माता सविन श्रेष्ठले पनि चन्द्र गौतमसँग सहकार्य भएपछि चलचित्र अझ बलियो बन्ने बताए । चलचित्रमा नायिका रेखा थापाले काम गर्ने चर्चा चलेपनि अहिले नै यो पक्का भएको छैन ।
चन्द्रले नायिका रेखा थापासँग भाइटिका पनि लगाएका थिए । चलचित्रको कथा, एक्सन र गीतलाई बलियो बनाउने लागिपरेको सविनको भनाई छ । उनका अनुसार चलचित्रले दर्शकको मात्र होइन, समिक्षक र चलचित्रकर्मीको पनि मन जित्छ । चलचित्र मेकिङमा विशेष ध्यान दिने सविनको भनाई छ ।
प्रतिक्रिया 4