Comments Add Comment

‘लुकामारी’कि रीस्ताको करिअर संकटमा, अब प्रतिक्षा राम्रो फिल्मको

rista basnet
चलचित्र ‘होस्टेल’बाट डेब्यू गर्दा नायिका रीस्ता बस्नेतप्रति दर्शक र चलचित्रकर्मीको आशा धेरै थियो । कलाकार विपना बस्नेतकी छोरी रीस्ताले चलचित्र क्षेत्रमा देखिएको नायिका अभावलाई केही हदसम्म पूर्ती गर्छिन् भन्ने आशा थियो । तर, धेरैले सोचेको भन्दा भइदियो उल्टो ।

न त उनी चलिन्, न त उनले काम गरेका चलचित्र नै चले । तर, अब रीस्ता पनि अन्य केही कलाकार जस्तै सोचमा पुगेकी छिन् । निरन्तर चलचित्र असफल भएपछि करिअर नै डुब्ने छनक देखिएको छ । यसैले रीस्ता अब राम्रो कथा पर्खेर बसेको बताउँछिन् । उनले भनिन्-‘बरु खाली नै बस्छु तर जथाभावी चलचित्र गर्दिन ।’

उनले अभिनय गरेको चलचित्र ‘लुकामारी’ असार १० गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रबाट उनी उत्साहित देखिइन् । चलचित्रको कथावस्तु, प्रस्तुती र कमेडी शैली उत्कृष्ट भएकाले चलचित्र चल्नेमा उनी ढुक्क छिन् । तर, रीस्ता अब आफूले पहिले जस्तो अफर आएका सबै चलचित्र नखेल्ने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment