+
+
Shares

उद्योगी सुरेश केडिया भारतबाट अपहरण मुक्त

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १६ गते १३:३१

१६ जेठ, काठमाडौं । तीन दिनअघि अपहरणमा परेका उद्योगी सुरेश केडिया आइतबार अपहरणमुक्त भएका छन् । बाराबाट अपहरणमा परेका व्यापारी केडिया भारतको मोतिहारीबाट अपहरणमुक्त भएका हुन्  ।

Suresh-Kediya

नेपाली र भारतीय प्रहरीको संयुक्त अपरेसनपछि भारतीय प्रहरीले उद्योगी केडियालाई लुकाइराखेको घरमा छापा मारेर मुक्त गरिएको हो । अपहरणकारीको साथबाट गाडी र हतियारसमेत बरामद भएको छ ।

पक्राउ परेका व्यक्ति अपहरणमा प्रयोग भएको स्कार्पियो गाडीका धनि हुन् । अपहरणमा संलग्न अन्य तीन जना फरार छन् ।

नेपाली उद्योगी केडियालाई लिन नेपाल प्रहरीको टोली पनि वीरगञ्जबाट मोतिहारीतर्फ गएको छ ।

गत बिहीबार आफ्नो उद्योगबाट घर फर्कने क्रममा महागढीमाई नगरपालिका बरियारपुरको जंगलमा ड्राइभरलाई गोली प्रहार गरी घाइते बनाएर अज्ञात समूहले केडियालाई अपहरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?