कुनै समय नायक अनमोल केसीसँगको प्रेममा रहेकी नायिका आना शर्मा अहिले एक नयाँ अनुहारसँग जोडी वाध्दैछिन् ।
आनाले नयाँ नायक आशिरमान देसराजसँग चलचित्र ‘ग्याङस्टार ब्लूज’मा एकसाथ काम गर्न लागेकी हुन् । यसैले पनि होला आशिरमान र आना नजिक भएका छन् ।
आनाको जन्मदिनमा पनि आशिरमान उपस्थित थिए । आशिरमानले प्लस टू विशिष्ट श्रेणीमा पास गरेको उपलक्ष्यमा चलचित्रको यूनिटले केकको व्यवस्था गरेको थियो । आशिरमानले केक काटेर पहिला आनालाई खुवाएका थिए ।
अनलाइनखबरको क्यामेरामा पनि यो जोडीले खुलेरै तस्बिर खिच्यो । अनमोलसँग ब्रेक अप भएपछि आनाको नाम अन्य यूवकसँग पनि नजोडिएको होइन । तर, अहिले आना र आशिरमान चलचित्र ‘ग्याङस्टार ब्लूज’का कारण नजिक भएका छन् ।
आनाको जोडी कोसँग सुहाउला, अनमोल कि आशिरमान ?
तस्बिर : श्रीधर पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4