+
+

रणवीरलाई सुटुक्क भेट्न पुगिन् दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १८ गते ११:१६

ranbir sing and deepika padukone
बलिउडकी ‘मस्तानी’ दीपिका पादुकोण र ‘बाजीराब’ रणबीर सिंह रीयलमै प्रेम गर्छन् । तर, पनि यी दुबैसँग प्रेम गरेको स्विकार्ने हिम्मत छैन । उनीहरु डेटिङमा रमाएको खबर पटक-पटक मिडियाले उल्लेख गरेपनि उनीहरुले स्विकारेका छैनन् ।

दीपिका पादुकोण अहिले हलिउड चलचित्र ‘द रिटर्न अफ जेन्डर केज’ को सुटिङमा छिन् भने रणबीर कपुर हिन्दी चलचित्र ‘बेफिक्रे’को पेरिसमा सुटिङ गरिरहेका छन् । केही महिना भयो उनीहरुले एक अर्कालाई भेट्न पाएका छैनन् ।

दीपिकालाई भेट्न नपाएका कारण रणवीरलाई न्यास्रो लागेको रहेछ । यसैले पेरिसमा रहेका रणबीरलाई भेट्न दीपिका सेटमै पुगिन् । सुटिङ स्पटमै रणबीरसँग केही घण्टा कुराकानी गरेकी दीपिकाको चाहना थियोे, ‘यो खबर मिडियामा नआओस् ।’ तर त्यस्तो भएन ।

केही वेवसाइटले उल्लेख गरे अनुसार दीपिकाकै फ्यानहरुले यी दुई  भेटेको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?