Comments Add Comment

मोदीको ‘स्वच्छ भारत’ अभियानमाथि अक्षयको ‘ट्वइलेट-एक प्रेम कथा’

akshya kumar in new film
बलिउडमा यदि बर्षमा कुनै नायकले सर्वाधिक धेरै चलचित्र खेल्छन् भने ती अक्षय कुमार नै हुन् । उनले अभिनय गरेका ४ वटा चलचित्र एक बर्षमा रिलिज हुने गरेका छन् । सबैजसो चलचित्रले निर्मातालाई नाफा पनि दिलाएका छन् ।

अक्षयलाई दर्शकले कमेडी चलचित्रमा बढी रुचाएका छन् । उनी ब्यङ्ग्यात्मक चलचित्रमा पनि दरिलो अभिनय गर्छन् । अक्षयले अब नयाँ चलचित्रमा काम गर्ने भएका छन्, जसको नाम ‘ट्वइलेट-एक प्रेम कथा’ राखिएको छ । नीरज पाण्डेको यो ब्यङ्गात्मक चलचित्र भारतको बर्तमान अवस्थामा घुम्नेछ ।

विशेषगरि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानमाथि यो चलचित्रको बिषयवस्तु उठाइएको छ । यो चलचित्रलाई गरिमा र सिद्धार्थले लेखेका छन् । नीरज पाण्डे अहिले भारतीय क्रिकेट टीमका क्याप्टेन महेन्द्र सिंह धोनीमाथि चलचित्र बनाउन व्यस्त छन् । यो चलचित्र सकाएपछि नीरज अक्षयसँगको यो चलचित्रमा व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment