Comments Add Comment

मधेसी मोर्चाले संसद गुहार्‍यो, सरकारलाई निर्देशन दिन माग

१८ जेठ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस समस्या समाधान गर्न सरकार गम्भीर नभएको हस्तक्षेप गर्न संसदलाई अपील गरेको छ ।

Narasing-Chaudhariव्यवस्थापिका संसदको मंगलबारको बैठक सुरु हुनासाथ मोर्चामा आवद्ध दलहरुका सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुख ओनसरी घर्ती मगरले सदभावनाका सांसद नरसिंह चौधरीलाई बोल्न समय दिइन् ।

संविधान निर्माणको बेलादेखि नै आफूहरु आन्दोलनमा रहेको र पछिल्लो पटक मधेसी मोर्चाले मात्र होइन, मगर, तमुनाव, लिम्बुवान सबैले सिंहदरवार घेरेर आफ्नो कुरा राखेको उनले बताए । तर, सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको र निद्रामग्न रहेको उनले बताए  ।

सबै मोर्चामा असफल भएको भन्दै सांसद चौधरीले समस्या समाधानका लागि हस्तक्षेप गर्न संसदलाई अपील गरे । उनले भने, ‘म सभामुखसँग निवेदन गर्न चाहन्छु कि सदनले हस्तक्षेप गरोस् र समस्या समाधान गर्न सरकारलाई निर्देशन दिओस् ।’

उनले आफूहरुको माग सम्बोधन नभएसम्म संसद बहिस्कार गर्ने बताए । लगतै मधेसी मोर्चा र संघीय गठवन्धनमा आवद्ध दलका सांसदहरु बैठकबाट बाहिरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment