Comments Add Comment

अग्नि पीडितहरुको सहयोगार्थ आर्थिक संकलनमा जुटे जापानमा अर्घाखाँचीबासी

japan_help_argachachibasiटोकियो । गत बैशाखमा अर्घाखाँचीका विभिन्न स्थानमा भएको आगलागीबाट जनधन गुमाएका पीडितहरुको सहयोगका लागि जापानमा रहेका अर्घाखाँचीबासीहरु आर्थिक संकलन कार्यमा जुटेका छन् ।

अर्घाखाँची समाज जापानले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गर्दै समाजका अध्यक्ष ज्योतिष घर्तिमगरको अध्यक्षतामा बसेको एक भेलाले अग्निपीडितहरुको घाउमा मल्हम लगाउने उद्देश्यले आर्थिक संकलन कार्यमा जुटेको जनाएको छ । समाजले आगलागीबाट भएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख ब्यक्त गर्दै जिल्ला दैवीप्रकोप उद्धार समितिसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गर्ने जनाएको हो ।

टोकियोको इकेबुकुरोस्थित नेपाली रेस्टुरेन्ट महलमा सम्पन्न सभामा समाजका अध्यक्ष घर्तिमगर, उपाध्यक्षद्वय नेत्र बिष्ट र आयन बहादुर टण्डनले संस्थाको बार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नेत्र पन्थीले आर्थिक प्रतिवेदन र भावी कार्यक्रमका बारेमा प्ष्टाएका थिए । कार्यक्रम बाबुराम पौडेलले सञ्चालन गरेका थिए ।

सोही अवसरमा अर्घाखाँचीको धारापानी–२ मा अवस्थित श्री लक्ष्मी प्रा.विको भवन तथा भौतिक पूर्वाधार निर्माणार्थ समाजसेवी एवं संस्थाका अध्यक्ष घर्तिमगरले व्यक्तिगत रुपमा रु. १४ लाख २८ हजार सहयोग गरेको समेत जानकारी गराइएको थियो । उक्त कार्यको प्रशंसा गर्दै घर्तिमगरलाई समाजको तर्फबाट उपाध्यद्वय बिष्ट र टण्डनले खादा ओढाएर समान्न गरेका थिए ।

सभामा बोल्दै घर्तिमगरले विदेशमा सिकेको सिप र लगानी स्वदेशमा सदुपयोग गर्न सके मात्र देशले प्रगतिको गति लिन सक्ने धारणा राखेका थिए । १८ बर्षअघि विद्यार्थी भिषामा जापान प्रवेश गरेका समाजसेवी घर्तिमगर हाल रेष्टुरेन्ट व्यवसायी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment