Comments Add Comment

बाढीले बेपत्ता पारेकी महिला फेला परिनन्

१९ जेठ, डडेल्धुरा । जेठ १२ गते बुधबार बेलुका खोलामा आएको बाढीले बेपत्ता पारेकी रुपाल गाविस–८ पनिउटकी डम्मरु भट्ट एक हप्तासम्म पनि कतै भेटिएकी छैनन् ।

अविरल वर्षासँगै आएको बाढीले अन्न पिसाई गरेर पानीघट्टबाट घर फर्कने बेला भट्टलाई बेपत्ता पारेको थियो । जेठ १२ गते बुधबार पानीघट्टमा अन्न पिसाई गर्न गएकी महिलालाई घर फर्कने क्रममा बाढीले बगाएर बेपत्ता बनाएको हो । महाकाली नदीसम्म उनको खोजी गर्दा समेत नभेटिएकाले उनको काशको प्रतिमा बनाई उनका परिवारले काजक्रिया गरिरहेको उनका छिमेकी मणिकराज भट्टले बताए ।

सात दिनअगाडि रुपालीगाडमा रहेको घट्टबाट घर फर्कन खोला तर्ने क्रममा खोलामा एक्कासि आएको बाढीले ३६ वर्षीया डम्मरु भट्टलाई बेपत्ता पारेको उनका आफन्तले जानकारी गराउनुभयो । बेपत्ता महिलाको साडी र रुमाल बगेको ठाउँबाट करिब दुई किलोमिटर तल भेटिए पनि लास भने पाउन नसकेको प्रहरीको भनाइ छ । प्रत्यक्षदर्शीको आधारमा प्रहरीले मुचुल्का बनाएर काजक्रिया सुरु गरिएको भट्टका आफन्तको भनाइ छ ।

बेपत्ता पारेको दिनदेखि खोजी गरिएको भए तापनि लास कतै पाउन नसकेको उनका आफन्तको भनाइ छ । खोलामा उनको खोजी गर्न गाउँले, नेपाल प्रहरी र आफन्त लागेपनि कुनै पत्तो नलागेको बेपत्ता परेकी डम्मरुकी भतिजी यशोदा भट्टले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment