Comments Add Comment

अरबाजकी हिरोइन बन्ने भइन् सन्नी

Sunny

मुम्बई । शाहरुख खानसँग चलचित्र ‘रइस’ मा काम गरेकी सन्नी लियोनीले पटक-पटक भनेकी छिन् ‘म सलमान, आमिर जस्ता ठूला कलाकारसँग काम गर्न चाहन्छु ।’

उनले तत्कालै सलमानसँग काम गर्ने अवसर त पाउन गार्‍है भयो तर सलमानका भाइ अरबाज खानको नायिका भने छिट्टै हुने भएकी छिन् । फिल्म ‘तेरा इन्तजार’ मा अरबाजसँगै अभिनय गर्ने भएकी छिन् सन्नीले ।

त्यसो त रियालिटी शो स्पिलट्सविला-९’ मा पनि सन्नी देखिने भएकी छिन् । राजीव वालियाको निर्देशनमा निर्माण हुने उक्त फिल्मप्रति आफु आशावादी भएको सन्नीको भनाई रहेको छ ।

अरबाजको फिल्ममा पहिलो पटक काम गर्न लागेकी सन्नीले कथा सुन्ने बित्तिकै सहमति जनाएकी थिईन् ।त्यसो त अरबाजसंग काम गर्ने खबरले उत्साहित भएको प्रतिक्रिया दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment