Comments Add Comment

फेरि आमा बनिन् जेनिलिया, रितेशको घरमा दोश्रो सन्तान

ritesh and jeneliya new baby
बलिउड नायक रितेश देशमुख र नायिका जेनेलिया डिसुजाले दोश्रो सन्तानको रुपमा छोरालाई जन्म दिएका छन् । रितेशनले ट्विटरको माध्यमबाट यो कुराको जानकारी दिएका हुन् ।

पहिलो सन्तानलाई जन्म दिएको करिब डेढ बर्षपछि जेनिलियाले दोश्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । रितेशले आफ्ना जेठा छोराको तस्बिर पोष्ट गर्दै लेखेका छन्-‘मेरो आमा र बाबाले मलाई भाई गिफ्ट दिनुभएको छ । अब मेरो सबै खेलौना उसको हुनेछ ।’

केही दिन अगाडि जेनिलियाले रितेशसँग एक तस्बिर पोष्ट गरेकी थिइन्, जसमा उनी गर्भवती भएको प्रष्ट थियो । केही बलिउड चलचित्र खेलेपछि नायिका जेनिलिया रितेशसँग बिहे गरेर घरवार सम्हालिरहेकी छिन् । रितेश भने बलिउड र साउथका चलचित्रमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment