Comments Add Comment

ओखलढुंगामा ट्याक्टर दुर्घटना, ५ को मृत्यु

१९ जेठ, ओखलढुंगा । ओखलढुंगाको फुलबारी गाविसमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

Tactor-Accident
फाइल तस्वीर

चुप्लुघोडाखरीबाट बिलन्दुतर्फ जाँदै गरेको ना ५ त २५१२ नम्बरको ट्याक्टर अपरान्ह ४ बजेतिर फुलबारी गाविस ५ मा सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो ।

ट्याक्टरमा सवार खोटाङ च्यास्मीटार ५ बस्ने ३५ वर्षीय हिराबहादुर राई, ओखलढुंगा बिलन्दु गाविस ५ बस्ने १५ वर्षीय बिष्णु बराल, सोही ठाउँ बस्ने १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविस बस्ने १४ वर्षीय मनिष खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी चुप्लुघोडाखरीले जनाएको छ ।

दुर्घटनामा परि फुलबारी ४ का २० वर्षीय सहचालक प्रेम थापा गम्भीर घाइते भएका छन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाएको छ ।

ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment