Comments Add Comment

चीनमा शिक्षक-विद्यार्थीको रोमान्स बन्द गर्न माग, तन्नेरी तरंगित

loveविश्वविद्यालहरुमा पढाउने शिक्षक तथा पढ्ने विद्यार्थीहरुबीच चल्ने रोमान्समा प्रतिबन्ध लगाउन एक पाका प्राध्यापकले माग गरेका छन् ।

घटना चीनको हो । चाइना यूथ डेलीमा छापिएको एक रिपोर्ट अनुसार बेइजिंग इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक यान यिमिंगले चीनको उच्च शिक्षा तहमा शिक्षक तथा विद्यार्थीहरुबीचको अनैतिक सम्बन्ध ठूलो समस्या बनेको बताएका छन् । उनले शिक्षक र विद्यार्थीबीच चल्ने रोमान्स तथा अनैतिक क्रियाकलापमा पूर्ण रुपमा बन्देज लगाउनुपर्ने माग गरेका छन् ।

अमेरिकामा पहिलेदेखि नै शिक्षक र विद्यार्थीबीच रोमान्टिक सम्बन्ध विकसित हुनु हुँदैन भन्ने माध्यता रहेको र चीनले पनि त्यसको सिको गर्नुपर्ने उनको धारणा छ ।

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार अमेरिकाको तुनामा चीनका मानिसहरु शिक्षक तथा विद्यार्थीबीचको रोमान्सका मामिलामा बढि सहिष्णु छन् । इन्टरनेट प्रयोग गर्ने ९० प्रतिशत चिनियाहरु क्याम्पसमा प्रेम गर्ने स्वतन्त्रतामा छेकबार लगाइनु हुन्न भन्ने मान्यता राख्दछन् ।

प्राध्यापकले क्याम्पसमा हुने गुरु शिष्यबीचको प्रेमसम्बन्ध तथा रोमान्टिक नातामा बन्देज लगाइनु पर्छ भनेपछि चिनिया नेटिजन्सहरु तरंगित भएका छन् ।

उनीहरुले विभिन्न हस्तीहरुको उदाहरण दिँदै क्याम्पसमा चल्ने प्रेम सम्बन्धलाई स्वतन्त्र छाडिदिनुपर्ने माग गरेका छन् । २० औँ सताब्दीका चर्चित लेखक लू शूनको नजिर पेश गरेका छन् उनीहरुले । लेखक लूले आफ्नै छात्रासँगको यौन सम्पर्कबाट एक बच्चा जन्माएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment