Comments Add Comment

अपरिचित बनाएर परिचित हुन खोज्दै युवाहरु

nepali-movie-aprachitकाठमाडौं । केही युवाहरु मिलेर चलचित्र ‘अपरिचित’ बनाउने भएका छन् । वुधबार चाबहिल गणेश मन्दिरमा एक कार्यक्रम आयोजना गरी अपरिचितको शुभ मुहुर्त गरिएको छ ।

रुपेश थिङको निर्देशनमा तयार हुने यस चलचित्रमा प्रज्वल गिरी, सारिका केसी, मोहन विक्रम श्रेष्ठ, ध्रुव कोइराला लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।
काठमाडौं, सिन्धुपाल्चोक लगायतका स्थानमा छायाँकन हुने यो फिल्म जुना फिल्मस प्रालिको पाँचौं प्रस्तुति हो ।

चलचित्रमा सन्चु थोकरको छायाँकन, रामजी लमिछानेको नृत्य र श्री श्रेष्ठको द्धन्द्ध रहेको छ ।

रुपेश थिङको निर्देशन रहने यो चलचित्र मौलिक हुने दाबी निर्देशक थिङले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment