Comments Add Comment

माओवादी केन्द्रले बनायो १ हजार ९९ सदस्यीय केन्द्रीय समिति (भिडियो सहित)

Maoist Center२० जेठ, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । केन्द्रीय समितिको निर्णयविपरित माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिमा ५ सय, पोलिट्ब्युरोमा १ सय ४ र स्थायी समितिमा ३४ जना थपिएका छन् ।

एकता प्रक्रिया सम्पन्न भएको दुई सातापछि माओवादी केन्द्रले केन्द्रीय समितिको निर्णयविपरित आफ्ना सबै संरचना जम्बो बनाएको हो ।

बिहीबार विहान पेरिसडाँडामा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले महाधिवेशन आयोजक समिति १ हजार ९९ सदस्यीय बनाएको र त्यसमा १ सय जनाको नाम भने टुंगो लाग्न बाँकी रहेको  प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

भिडियो हेर्नुस्

१० दिन पहिले सम्पन्न केन्द्रीय समितिले महाधिवेशन आयोजक समिति ६ सय ९९ सदस्यीय, पोलिट्ब्युरो १ सय ५१ सदस्यीय र स्थायी समिति बढीमा ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

तर माओवादी केन्द्रले भागबण्डा मिलाउने नाममा केन्द्रीय समितिको निर्णय विपरित पोलिट्ब्युरो २ सय ५५ र स्थायी समिति ८५ सदस्यीय बनाएको हो ।

प्रवक्ता भुसालले केन्द्रीय समितिको कार्यादेशअनुसार र कार्यदलको सुझाव अनुसार स्थायी, पोलिट्ब्युरो र महाधिवेशन आयोजक समितिको आकार बढाइएको बताइन् ।

बैठकले प्रदेश तहमा एकता प्रक्रियाको कामलाई तिब्रताका साथ अगाडि बढाउने निर्णय पनि गरेको प्रवक्ता भुसालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment