Comments Add Comment

फोटो नेपाल पर्दशनीमा जलवायु परिवर्तनका फोटोहरु

#photoNepal

२० जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गर्दै आएको ह्यासट्याग फोटो नेपाल (#photoNepal) प्रदर्शनीअन्तर्गत यसपटक वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित तस्बिरहरु प्रदर्शनी हुने भएको छ ।

प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुने प्रर्दशनी भोली बिहीबारदेखि आइतबारसम्म हुँदैछ । जुन ५ विश्व वातावरण दिवस पनि परेकाले यसपालि वातावरणसँग सम्बन्धित फोटोहरु छानिएको बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले बताए ।

फोटो सर्कलसँगको सहकार्यमा हुने यो प्रदर्शनी जेठ ९ गतेदेखि १९ गतेसम्म राजधानीका विभिन्न कलेजहरुमा गरिसकिएको छ । उक्त स्थानहरुमा पोष्टकार्ड मार्फत घुमफिर वर्ष २०७३ को पनि प्रचार प्रसार गरिएको थियो ।

किशोर शर्मा र नरेन्द्र मैनालीद्वारा धनकुटा, सिन्धुपाल्चोक र रसुवामा खिचिएको फोटोहरु प्रदर्शनीमा हुनेछन् ।

जुन ५ मा भोजराज भाटद्वारा निर्देशित देश तथा विदेशमा पुरस्कृत फिल्म सुनकलीको प्रदर्शनी तथा निर्देशकसँगको अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment