२१ जेठ, चितवन । जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा निजी अस्पताल सञ्चालकहरुलाई नियन्त्रणमा लिइएकोमा निजी अस्पताल समन्वय समिति चितवनले आपत्ति जनाएको छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै अनुगमनको नाममा नेपाल सरकारबाट इजाजत प्राप्त स्वास्थ्य संस्थामा प्रक्रिया विना पूर्जि विनानै सञ्चालकहरुलाई हिरासतमा लिएको प्रति आपत्ति जनाएको हो ।
उसले निर्वाध संस्था संचालन गर्न पाउने अधिकारको हनन गरी मानसिक यातना दिने सम्मका हस्तक्षेप प्रति निजी अस्पताल समन्वय समिति (अफिन)ले बिरोध जनाएको हो ।
अफिनले यस्तो क्रियाकलाप प्रति घोर विरोध गर्दै आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्याउन सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । बिहीबार स्थानीय प्रशासनले विना दर्ता मेडिकल र अस्पताल सञ्चालन गरेको भन्दै सञ्चालहरुलाई नियन्त्रणमा लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4