Comments Add Comment

दुनियाको अनौठो भूमिगत गाउँ

holeके तपाइँले जमिनमुनि बसाइएको कुनै गाउँका बारेमा सुन्नुभएको छ ? सायद सुन्नुभएको छैन होला । यो दुनियामा यस्तो पनि वस्ती छ जो पूरै भूमिगत छ । दक्षिण अस्ट्रेलियामा रहेको कूबर पेडी गाउँ दुनियाको अनौठो भूमिगत गाउँ हो ।

यहाँका मानिसहरुले ओपलका खानीहरुभित्र घर बनाएका छन् । यो गाउँमा ठूलो संख्यामा ओपल खानी रहेका छन् । त्यसैले यसलाई संसारको ओपल राजधानी पनि भनिन्छ । ओपल भनेको सेतो रंगको निकै बहुमुल्य पत्थर हो ।

कूबर पेडी मरुभूमि क्षेत्रमा रहेको छ । यहाँ गर्मीमा तापक्रम निकै उच्च हुन्छ भने जाडो महिनामा निकै कम । त्यसैले मानिसहरुले तापक्रम घटबढबाट अनुकुलित हुनका लागि यसरी जमिनमुनि घर बनाएका हुन्छन् । घरहरु बाहिरबाट त माटोबाट बनेका खाल्डा झैँ प्रतित हुन्छन् । तर भित्रबाट यिनको सजावट कुनै महलको भन्दा कम हुँदैन । यहाँका झण्डै ६० प्रतिशत मानिस भूमिगत घरहरुमा बस्ने गरेका छन् ।

जमिनमुनि भएकाले यी घरहरुमा तापक्रम सन्तुलित रहन्छ । न त गर्मीमा एसी चाहिन्छ, न त जाडोमा हिटर । यो गाउँमा थुप्रै हलिउड फिल्मको पनि सूटिंग गरिएको छ ।

सन् १९१५ देखि उक्त क्षेत्रमा खानी खन्ने काम सुरु भएको थियो । खानी उत्खनन तिव्र भएपनि स्थानीय मानिसहरुले निकै कठिनाइको सामना गर्नुपरेको थियो । तर उत्खनन सकिएसँगै मानिसहरुलाई खानीका खाल्डाभित्र बस्न निकै हाइसन्चो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment