Comments Add Comment

हरेक महिलाले सासुसँग भन्न चाहने ५ कुरा

loveविवाह भन्दा पहिले नै हरेक महिलामा आफ्नो हुनेवाला सासुप्रति यस्तो धारणा बसिसकेको हुन्छ की सासु भन्ने व्यक्ति उनको आमाजस्तै होइन की प्रतिद्धन्दी जस्तै हुन् । यसको अर्थ बिहे अघि नै हुनेवाला सासु बुहारीबीचमा एउटा दरार पैदा भैसकेको हुन्छ ।

बिहे पछिको समयमा उक्त खाडल पुरिन्छ वा झनै ठूलो बन्छ भन्ने कुरा सासु र बुहारीको व्यवहारमै निर्भर गर्दछ । दुबैले के सम्झनु पर्छ भने हामी दुबैजना एउटा ढोकाभित्र बन्द छौँ र दुइजनामा कुनै एकजनालाई समस्या पर्यो वा दुख भयो भने तेश्रो व्यक्तिमा असर पर्दछ ।

त्यसले प्रेमपूर्वक रहनु उत्तम हुन्छ । ता की घर, घर नै रहोस्, लडाइँको मैदान होइन । आमहरुमा हरेक युवती आफ्नी सासुसँग यी ५ कुरा गर्न चाहन्छन् । यदि यी कुराहरु उनीहरुले आफ्ना सासुलाई बुझाउन सके  र सासुले पनि बुझि्न भने उनीहरुबीचको सम्बन्ध सुमधुर हुन्छः

  • ममाथि विश्वास गर्नुसः प्रिय सासु…. मलाई थाहा छ की म तपाइँले जस्तै हरेक काम पर्फेक्ट तरिकाले गर्न सक्दिन । तर थोरबहुत चाहीँ गर्न जान्दछु । जो जानेकी छैन, त्यो सिकिरहेकी छु । कृपया मेरो भरोसा गर्नुस् ।
  • मलाई बुहारी मान्नुभन्दा पहिले एउटा मानिसको रुपमा हेर्नुसः मलाई थाहा छ की तपाइँ मलाई एक आदर्श बुहारीको रुपमा देख्न चाहनुहुन्छ । तर तपाइँले कृपया यो बुझ्ने कोसिस गर्नुस् की बुहारी बन्नुभन्दा पहिले म एक मानिस हुँ । तपाइँले मलाई पहिले मानिस ठान्नुहोस् त्यसपछि मात्र बुहारी ।
  • मलाई पर्फेक्ट सासु चाहिँदैनः  आमा, तपाइँ पर्फेक्ट हुनुहोला वा नहुनुहोला, यो कुराले मलाई फरक पार्दैन । तपाइँ बस मसँग असल रुपमा रहिरहनुस् ।
  • तपाइँको छोरा सधै तपाइँका रहिरहून्ः विवाह भयो त के भो, तपाइँको छोरा सधै तपाइँकै रहिरहन्छन् । उनीमाथि तपाइँको पूरा हक छ । तर उनलाई कहिल्यैपनि यस्तोे परिस्थितिमा नहाल्नुस् की कुनै दिन उनले हजुर र म बीचमा कुनै एकजना मात्र छान्ने अवस्था आओस् ।
  • मैले तपाइँलाई घृणा गर्दिनः यदि तपाइँलाई यस्तो लाग्छ की म तपाइँलाई घृणा गर्दैछु । तपाइँ गलत हुनुहुन्छ । वास्तवमा म तपाइँलाई इज्जत, सम्मान गर्दछु आमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment