Comments Add Comment

अमेरिकन युएम बाइकको शो-रुम बनेपामा

UM-bike-banepa

२१ जेठ, काठमाडौं । आइएमई अटोमोेटिभसले बनेपा बजारमा यूएम बाइकको शो-रुम सञ्चालनमा ल्याएको छ । रोशन अटोमोबाइल्समार्फत अमेरिकन प्रविधीको युएम बाइक बिक्री तथा बिक्रीपछिको सेवा दिने कम्पनीले जनाएको छ ।

उद्योग बाणिज्य महासंघ काभ्रेका अध्यक्ष सुरकृष्ण बैद्य, सांसद कन्चनचन्द्र वादे र आइएमई अटोमोटिभसका सञ्चालक सन्दिप अग्रवालले शो-रुमको संयुक्त उद्घाटन गरे । यसअघि कम्पनीले काठमाडौंको नाँचघरमा अत्याधुनिक शो-रुम सञ्चालनमा ल्याइसकेको छ ।

रोशन अटोमोबाइल्सका अध्यक्ष रामशरण श्रेष्ठले बनेपामा पनि अमेरिकन प्रविधीको बाइक भित्राउन पाउँदा आफूलाई खुसी लागेको बताए । काभ्रे उवासंघका अध्यक्ष बैद्यले घर आँगनमा अमेरिकन बाइक चढ्न पाउने मौका पाएको भन्दै खुशी व्यक्त गरे ।

आइएमई अटोमोटिभसका सञ्चालक अग्रवालले यूएम बाइकहरु भ्ाारतको उत्तराखण्डमा अवस्थित फ्याक्टि्रबाट उत्पादन सुरु भइसकेको र भारतको प्रायः सबै मुख्य शहरहरुमा समेत यस्को बिक्री सुरु भइसकेको जानकारी गराए ।

कम्पनीका कार्यकारी प्रमुख कपिल शिवाकोटीले निकट भविष्यमा भारतको फ्याक्ट्रीबाट उत्पादन हुने बाइकहरु नेपालमा भित्राउन लागेको जानकारी दिँदै छिट्टै नारायणघाट, पोखरा, बुटवल, धरान, दमक लगायतका शहरहरुमा शो-रुम तथा सर्भिस सेन्टर खोल्न लागेको बताए ।

शिवाकोटीका अनुसार आइएमईले १२५ सीसीदेखि ३०० सीसीसम्मका १५ मोडेलका बाइक तथा स्कुटरहरु नेपालमा बिक्री वितरण गरिरहेको छ ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्रुप नेपालको अग्रणी संस्था हो, जसको रेमिटेन्स, बैंकिङ तथा इन्स्योरेन्स, अटोमोबाइल्स्, इनर्जी -हाइडेल, अद्यौगिक ग्यास), ट्राभल-टुर्स्, लजिस्टिक्स्, फर्मास्युटिकल्स्, आइटी तथा रियल इस्टेट् जस्ता क्षेत्रमा लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment