Comments Add Comment

सौन्दर्य टिप्सः वर्षातमा भिज्दा अनुहारमा चाया-पोतो आउन सक्छ

Rain (12)अनुहारको छाला निकै संवेदनशील हुन्छ । उचित हेरचाह नगरेको खण्डमा अनुहारमा थुप्रै समस्या उत्पन्न हुन सक्छन् । विशेषगरी वर्षातको समयमा अनुहारको स्याहार अझै आवश्यक हुन्छ ।

गर्मीको समयमा जति पसिना आयो, अनुसारको छालामा भएको पोर्स (क्षिद्र) त्यति नै चुस्त गतिमा खुल्ने गर्छ । त्यसबेला धुलो, धुवाँ तथा प्रदुषण मिसिएको वर्षातको पानी सिधै अनुहारमा पर्दा मानिसमा चाया, पोतोको समस्या देखिन जान्छ ।

साथै अनुहारबाट कालो मैलो निस्कने गर्दछ । यस्तो अवस्थामा अनुहारको समस्याबाट बच्न यसको सुरक्षा निकै जरुरी हुन्छ ।

कसरी गर्ने त सुरक्षा ?

पहिलो कुरा त कुनै पनि मौसममा घाम-पानीबाट बच्न सबै मानिसले सन्सक्रिमको प्रयोग बढी मात्रामा गर्नुपर्छ । तर क्रिम एकचोटी प्रयोग गरेको भरमा त्यसले दिनभर काम गर्छ भन्ने होइन । हरेक सन्सक्रिमको निश्चित समयावधी हुन्छ ।

सन्सक्रिम तथा लेयरमेकको प्रयोग गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ । जस्तै एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) । यसले सूर्यबाट संरक्षण गर्ने तत्व कति छ भन्ने जनाउँछ ।

आवश्यकता अनुसारको एसपिएफयुक्त सन्सक्रिम प्रयोग गरेर त्यसमाथि लेयर-मेक अप गरेको खण्डमा हामीले अनुसारको विशेष सुरक्षा गर्न सक्छौं । यदि तपाईं लामो समयसम्मका लागि बाहिर जाँदै हुनुहुन्छ भने धेरै एसपिएफ भएको सन्सक्रिमको प्रयोग गर्नुपर्छ । जस्तै ५० एसपिएफको क्रिम ।

makeupसाधारणतया हरेक सन्सक्रिममा आ-आफ्नै एसपिएफ नम्बर हुन्छ । जसले दश-दश मिनेटको दरले काम गर्छ । जस्तै ५० नम्बरको क्रिम छ भने त्यसले ५०० मिनेट अर्थात झण्डै आठ घण्टा काम गर्छ ।

आवश्यकता अनुसार यसरी लगाएको सन्सक्रिममाथि लेयर मेकअप गर्नुपर्छ । लेयर मेकअपमा सन्सक्रिम, सन्सकेयर क्रिम, फाउन्डेसन, कम्प्याक्ट पाउडर र लुज पाउडर पर्दछन् । यो क्रमवद्ध तरीकाले लगाएको खण्डमा अनुहारको राम्रो सुरक्षा गर्न सकिन्छ ।

तर त्यसलाई धेरै समयका लागि अनुहारमा राख्नु चाहिँ कदापी फाइदाजनक हँुदैन ।

साधारणतयाः हामी एकपटक लगाएको क्रिम भोेलिपल्ट मुख नधोएसम्मका लागि अनुहारमै राखिराख्छौं । जबकि त्यस्ता क्रिम धेरै समयसम्मका लागि नपुछिकन राखिराख्दा त्यसले अनुहारमा चिल्लोपन पैदा गरी पोर्सहरुलाई खोली दिन्छ । साथै दुषित पानीका कारण अनुहारमा केमिकल रियाक्सन गराउँछ । त्यसबाट बच्न एसपिएफलाई ध्यानमा राखी निश्चित समयावधीभित्र मुख धुनु राम्रो हुन्छ । त्यसपछि उक्त क्रिमको पुनः प्रयोग गरी सोही अनुरुप मेकपक गर्न सके यसले अनुहारलाई विशेष सुरक्षा प्रदान गर्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment