Comments Add Comment

अजयका कारण काजोल-करणको सम्बन्ध विग्रियो

kajol and karan
बलिउड नायिका काजोल र निर्माता तथा निर्देशक करण जोहर निकटका साथी मानिन्छन् । यी दुई विचको सम्बन्धमा विभिन्न समयमा दरार भने आउने गरेको छ ।

अहिले फेरि काजोल पति अजय देवगणका कारण यी दुइको सम्बन्धमा दरार उत्पन्न भएको छ । अजय निर्देशित चलचित्र ‘शिवाय’ले तोकेको मितिमा करण जोहरले आफू निर्देशित चलचित्र ‘ए दिल हे मुश्किल’को रिलिज डेट तोकिदिएपछि सम्बन्धमा दरार आएको हो ।

अजयले आफ्नो चलचित्रको प्रदर्शन मिति बर्ष दिन अगाडि नै तोकेका थिए । तर, करणले यो बर्षको सुरुवातमा आफ्नो चलचित्रको प्रदर्शन मिति अजयसँग जुधाएपछि लफडा सुरु भएको हो । करणले निर्देशन गरेको चलचित्रमा रणवीर कपुर, ऐश्वर्या राय, अनुष्का शर्मा मुख्य भूमिकामा छन् ।

यो लडाइका कारण काजोल लण्डनमा आयोजित करणको जन्मदिनमा गइनन् । जबकी, उनले ट्विटरमा ‘शिवाय’को पोष्टर शेयर गर्दा करणलाई जन्मदिनको शुभकामना पनि दिइनन् ।

यसअघि पनि काजोल र करणविच एक बर्ष शितयुद्ध चलेको थियो । सो समयमा नायक साहरुख खान मध्यस्तकर्ता बनेर कुरा मिलाएका थिए । तर, अब यसपटक साहरुख फेरि मध्यस्तकर्ता बन्छन् या बन्दैनन्, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment