+
+
Shares

नाजायज सम्वन्ध राखेको भन्दै पहिले कुटपिट, पछि बिहे

जुत्ताको माला लगाएर गाउँ घुमाइयो

एस.के. शान एस.के. शान
२०७३ जेठ २१ गते २०:१६

२१ जेठ, सप्तरी । नाजायज सम्वन्ध राख्दा ‘रंगेहात’ समातिएका एक पुरुष र महिलालाई गाउँलेहरुले अतिरञ्जित रुपमा कठोर सजाय दिएका छन् ।

सजायका नाममा दुवैलाई अर्द्धनग्न अवस्थामा कपाल चारपाटा मुडेर, जुत्ता-चप्पलको माला लगाएर गाउँ घुमाइयो । सारा गाउँले खनिएर उनीहरुमाथि कुटपिट पनि गरेका छन् । अन्त्यमा प्रहरी चौकीमा उनीहरुको विवाह गराइयो । विवाह नै गरिदिनु नै थियो भने कानुन हातमा लिएर सजाय दिनुको औचित्य सावित हुन सकेन ।

Punil-Pandit

महिला र पुरुष दुबैका तीन-तीन सन्तान छन् । तथापि दुवैबीच लामो समयदेखि अनैतिक सम्वन्ध रहेको दाबी स्थानीयवासीको छ ।

महिला पातो गाविस- ९ भुतहीका हुन् भने पुरुष पातो- ७ गोबिन्दपुरका । २८ बर्षीय पण्डित थरका पुरुष र २३ वषिर्या राम थरकी महिला अवैध सम्बन्ध राखेकै अवस्थामा समातिएको स्थानीयहरुले बताएका छन् । पण्डितको दुई छोरा र एक छोरी तथा महिलाको पनि दुई छोरा र एक छोरी छन् ।

महिलाका श्रीमान पछिल्लो तीन बर्षदेखि रोजगारीका निम्ति मलेसियामा छन् । श्रीमान वैदेशिक रोजगारीमा गएकै समयदेखि उनले रक्सी उत्पादन गर्ने र बेच्ने काम गर्दै आएकी थिइन् ।

‘बिहीबार राति ९ बजे दुबैलाई रंगेहात समात्यौं’ स्थानीय एक गाउँलेले भने, ‘यसअघि पनि दुबै जना पक्राउ परेपछि एकअर्कासँग अलग रहने वाचा गरेका थिए । तर, पुनः समातिएपछि पुरै गाउँकै मानिस खनिएका हुन् ।’

आपत्तिजनक अवस्थामा समातिएपछि दुबैलाई सोही अवस्थामा बाहिर ल्याइएको थियो । स्थानीयका अनुसार दुबैलाई रातभरी कुटपिट गर्दै मुन्डन गरिदिएर बिहान प्रहरीको जिम्मा लगाइएको छ । दिनभरी महिला र पुरुषलाई इलाका प्रहरी कार्यालयमा राखेर गाउँलेहरुले नै दुवैको विवाह गराइदिएका छन् ।

आफ्नै घरमा रक्सी पसल गर्दै आएकी महिला ग्राहकहरुलाई विदा गरेपछि पुरुषसँग घरभित्र सुत्न गएकी थिइन् । यसको केहि बेरमै उनीलाई ससुरा र देवरले रंगेहात फेला पारेको गाउँलेहरुको भनाइ छ ।

दिनभरको छलफलपछि दुवैको विवाह गराइएको स्थानीयले बताएका छन् । महिलाका तीन जना बच्चालाई भने ससुराको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?