Comments Add Comment

अमेरिकी विदेश मन्त्रालयले भन्यो ‘नेपाल आतंकवादीको क्रिडास्थल बन्न सक्छ’

terorist२२ जेठ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपाल कमजोर सुरक्षा प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको क्रिडास्थल बन्न सक्ने चेतावनी दिएको छ ।

विश्वका विभिन्न मुलुकमा भइरहेको आतंकवादी समस्याका सम्बन्धमा शुक्रवार सार्वजनिक गरिएको रिपोर्टमा अमेरिकी विदेश मन्त्रालयले भनेको छ-‘भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रि विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपालमा आतंकबादीहरुको क्रिडास्थल बन्न सक्छ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

रिपोर्टमा भनिएको छ-अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपालको कमजोर सुरक्षा प्रणालीबाट फाइदा उठाएर उनीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट मात्र नबनाई क्रिडास्थल नै बनाउने खतरा बढेर गएको छ ।’

नेपालमा आतंकबादविरुद्धको कानुन नै अहिलेसम्म बन्न नसकेको र भारतीय सीमामा परिचालित सुरक्षा फौजसमेत प्रभावकारी नभएको भन्दै रिपोर्टमा नेपाल प्रहरीसँग आतंकवादसँग लड्न सानो संयन्त्र भएपनि यसले प्रभावकारी भूमिका खेल्नेमा अमेरिकाले शंका व्यक्त गरेको छ ।

नेपालको सुरक्षा निकायमा आधुनिकता प्रवेश गर्न नसक्दा आतंकवादी संगठनले त्यसको फाइदा उठाएर नेपाललाई आफ्नो क्रिडास्थल बनाउन सक्नेतर्फ रिपोर्टमा सचेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment