+
+

फिल्म पाइरेसी गर्नेलाई जेल सजाय हुनपर्छः भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २२ गते ११:१०

bhuwan-kcकाठडमाडौं । चलचित्र ‘ड्रिम्स’का निर्माता भूवन केसीले आफुले क्षतीपुर्ति पाउँदैनमा मुद्दा किनारा नलाग्ने बताएका छन् । ‘क्षतिपुर्ती पाएकै भरमा मुद्दा टुंगिदैन अपराध गर्नेले जेल सजाय पनि भोग्नुपर्छ ।’ अनलाइनखबरसँग कुरा गर्दै भुवनले भने ।

हाइलाईट्स नेपालका कर्मचारी नै पाइरेसी अभियोगमा पक्राउ परेपछि अभिनेता केसीले क्षतिपुर्ति लिएर सम्झौता गर्न लागेको हल्ला पनि चलेको छ । क्षतिपुर्तिको विषयमा कुनै कुराकानी नभएको उनले बताए ।

उनको भनाई अनुसार अब कसरी अगाडी बढ्ने भन्नेमा भुवन केसी वा हाइलाइट्स नेपालको निर्णयले मात्रै काम गर्दैन । प्रशासनको निर्णय महत्वपूर्ण हुन्छ ।

आफुले क्षतिपुर्ति पाउनुलाई महत्व नदिएको दाबी गर्ने अभिनेता केसीले समस्याको स्थायी समाधानको खोजी गर्नु पर्ने बताए । ‘मलाई क्षतिपुर्ति चाहिएको होइन । फेरि पनि अन्य निर्मातालाई यस्तै समस्या नपरोस भनेर प्रशासन गुहारेको हुँ ।’ उनले भने ।

पाइरेसी गर्नेलाई फित्तलो कार्वाही हुने र केही रुपैया क्षतिपुर्ति लिएर निर्माताले मुद्धा फिर्ता लिने प्रवृत्तिले पनि पाइरेसीको समस्या बढ्दै गएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?