+
+
Shares

यार्सागुम्बा सिजन सुरूभएसँगै डोल्पाका गाउँ शून्य

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २२ गते १२:४५

yarsagumba२२ जेठ, डोल्पा । बहुमूल्य जडीबुटी यार्सागुम्बा सिजन सुरुभएसँगै स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि हिमाली पाटन गएपछि डोल्पाका विभिन्न गाउँ शून्य भएका छन् ।

जेठ १० गते औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन सुरु भएपछि मध्य डोल्पाका त्रिपुराकोट गाविसका करेलिकाँडा, रसी, मद्धु, रुम त्यस्तै माझफाल गाविसका थरगाँउ, ताली, लाहारा हुँदै माथिल्लो डोल्पाका धो, तिन्जे, छार्का, मुकोट तथा तल्लो डोल्पाका कालिका, शर्मी, नर्कु, रिमी, काइगँउलगायतका गाविस उराठ भएकाछन् ।

यतिखेर गाउँघरतिर विभिन्न कार्यक्रम लिएर जाने हो भने मान्छे भेटाउनै गाह्रो पर्छ, शान्ति समिति डोल्पाका संयोजक देवसिंह कठायतले बताए ।  यार्सा सिजनको प्रभावले यस समयमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सञ्चालन हुने लक्षित कार्यक्रमलेसमेत आवश्यक उपलब्धि हाँसिल गर्न सकेका छैनन् उनले भने ।

यार्सागुम्बा सिजनले छिमेकी जिल्ला जाजरकोट, रुकुम, जुम्लाका धेरैजसो गाविस शून्य भएका छन् भने विद्यालय पनि बन्द भएका छन् ।

डोल्पाली तथा छिमेकी जिल्लावासीको आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले एक महिनाको अस्थायी बासको लागि बन्दोबस्तीका सामान र पशुचौपायसहित गाउँ घरनै शून्य पारेर पाटनतिर लाग्ने गरेको त्रिपुराकोटका स्थानीयवासी लोकचन्द्र रोकायले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?