Comments Add Comment

कतारमा अलपत्र १ सय ८५ नेपाली कामदारलाई खाद्यान्न सहयोग

katar_nepali_piditदोहा । विगत तीन महिना देखि तलव नपाएर कतारमा अलपत्र परेका झण्डै १ सय ८५ नेपाली कामदारहरुलाई एभरेष्ट युथ एसोसियसन कतारका युवाहरुले खाद्यान्न सहयोग गरका छन् । तीन महिनासम्म तलव नपाएपछि इलयुसिड कम्पनीमा कार्यरत कामदारहरुले काम गर्न छाडेका छन् ।

अप्रिलबाट काम गर्न छाडेर नेपाल र्फकने पर्खाइमा रहेका कामदारहरुलाई खानका लागी समस्या परेको खबर पाएपछि  एभरेष्ट युथ एसोसियसन कतारले सहयोग गरेको एसोसियसनका अध्यक्ष उत्तम गुरुङ्गले बताए ।

विहीबार राति पीडितहरुको क्याम्पमा नै पुगेर युवाहरुले ४० बोरा चामल , ३ बोरा दाल , ६० किलो मासु , तेल , तरकारी लगायतका अत्यावश्यक खाद्यान्नहरु सहयोग गरेको हो । एभरेष्ट युथ एसोसियसनको पहलमा सहयोग जुटाइएको थियो ।

एक्काइस महिना अघि सोही कम्पनिमा  कार्यरत धनुषाका राम गिरी कतार आएर यसरी दुःख पाईएला भन्ने सोचेकै थिएनन् । उनी भन्छन ‘दुतावासले केही गर्छ की भन्न झिनो आशा लिएका छौ । आफैले टिकट काटेर नेपाल र्फकने अवस्था भए पनी र्फकने थियौ ।’ प्युठानका अमर १८ महिना देखी कतारमा छन । लगभग ४ महिनाको तलब पाएका छैनन् ।

katar_nepaliसोही कम्पनीमा रहेका बमबहादुर भण्डारीलाई पनि आफ्नै टिकटमा भएपनी नेपाल र्फकन मन छ । धेरै पटक दुतावास पुगेका उनी दुतावासको जवाफबाट सन्तुष्ट देखिएनन । ‘हामीले गर्नुपर्ने काम गरिरहेका छौ मात्र भन्छ दुतावास तर कहिले नेपाल जान पाउने हो केही पत्तै छैन । कती दिन यसरी अरुले दिएको चामलको भरमा गुजारा चलाउने’ उनी भन्छन् ।

कम्पनीले तलव नदिदा उक्त कम्पनीमा कार्यरत धेरै नेपालीहरु समस्यामा परेका छन् । उनीहरु भन्छन कम्पनीमा सम्पर्क कसैसँग छैन हामी आत्तिरहेका छौ ।

हामीले सहयोग स्वरुप पाएको यो चामल खाएर मात्रै के गर्ने ? घरपरिवार भोकै छन । हामीलाई केही उपाय लगाएर भएपनि नेपाल पठाईदिनु पर्यो । समस्यामा परेका नेपालीहरु सहित भारतीय र बंगाली  कामदारहरु उक्त कम्पनीमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment