Comments Add Comment

कर्णालीको कथा फेरि हिट

kalo-pothi

काठमाडौं । विकासको हिसाबले पछि पारेको कर्णालीको कथा सिंह दरवारले खासै सुन्दैन । मुगुवाटै आएका जनप्रतिनिधी पनि सिंहदरवार छिरेपछि कर्णलीलाई बिर्सन्छन्, शायद त्यही भएर पनि होला, अहिले कर्णाली क्षेत्रमा त्यस्ता केही युवा उदाएका छन् । जसको आवाज मुलुकभरका मान्छेले एकैपटक सुन्छन् ।

अहिले प्रदर्शन भईरहेको चलचित्र ‘कालो पाथी’लाई उदहारणको रुपमा हेर्दा हुन्छ । नेपाली फिल्मको मौलिक स्वरुप हुनुपर्छ भनेर वकालत गर्ने मिन भाम निर्देशित ‘कालो पोथी’ काठमाडौवासीका लागि पनि मनोरञ्जनको गतिलो खुराक बनेको छ, जुन फिल्ममा कर्णालीको मुगुको कथा समेटिएको छ ।

प्राय सुकिला मुकिलाहरुकै बाहुल्यता छ काठमाडौंमा । फिल्म क्षेत्रको त कुरै नगरे हुन्छ । चिटिक्क परेकी केटी वा ह्यान्सी कोटो बाहेक अरु कलाकारै हुन सक्दैन भन्ने मान्यता राख्नेहरुको बाहुल्यता ब्यापक छ । सिनेमा मनोरञ्जन मात्रै हैन भन्दा खिसिट्युरी गर्ने निर्देशक अहिले पनि छन् ।

मिन भाम पुरातन मान्यता बोक्ने ति सबलाई नयाँ गोरेटोमा अघि बढाउने अभियानमा छन् । कर्णालीको मैलो मान्छे काठमाडौका सुकिलाहरुको भिडमा चम्किलो देखिन्छ भनेर पुष्टि गरे ।

कर्णलीको कथा काठमाडौवासीले मन पराएको यहि नै पहिलो पटक भने होईन । सात वर्ष अघि मुगुको नाट्य समुहले पुरानो वानेश्वरको गुरुकुलमा एउटा नाटक मञ्चन गरेको थियो ‘कर्णाली दख्खिन बग्दो छ’ ।

उक्त नाटकलाई काठमाडौवासीले यस्तो मन पराईदिए, जुन अनुमान भन्दा विपरित थियो । त्यही समुहमा कलाकारका रुपमा थिए मिन भाम पनि ।

त्यसपछि फिल्म विषय अध्ययनमा केन्द्रित मीन भाम निर्देशित कालोपोथीले स्क्रिप्ट भिडाएर मात्रै तीन करोड नेपाली रुपैया आर्जन गरेको थियो । कागज देखाएरै यति धेरै आर्जन गर्ने यो पहिलो नेपाली फिल्म हो ।

फ्रान्स, जर्मन र नेपालको संयुक्त लगानीमा बनको कालोपोथी यसकारण पनि महत्वपूर्ण छ, नेपाली फिल्मलाई अन्तराष्ट्रिय बजारमा लैजाने बाटो खोज्ने काम गरेको छ यस चलचित्रले ।

भेनिस अन्तराष्ट्रिय फिल्म महोत्सवमा क्रिटिक्स विक्समा उत्कृष्ठ ठहरिएको उक्त फिल्मवाट निर्देशक भामले अष्टे्रलिया ताईवान, इटली, उत्कृष्ठ डेब्यु निर्देशकका लागि प्रतिस्पर्धा गरेका थिए ।

यस चलचित्रमा खडकराज नेपाली र शुक्रराज रोकाया दुई वाल कलाकारको मुख्य भूमिका रहेको छ भने बेनिशा हमालले पनि अभिनय गरेकी छिन् ।

निर्देशक भामले यसअघि ‘बाँसुल्ली’ बनाएका थिए । बाँसुल्लीले अन्तराष्ट्रिय रुपमा राम्रै चर्चा पाए पनि नेपाल प्रदर्शन भएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment