Comments Add Comment

अन्य देशको कार्बन उत्सर्जनले नेपाल प्रभावित: पर्यटन मन्त्री

२३ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले अन्य देशले गरेको कार्बन उत्सर्जनले नेपाल प्रभावित हुनुपरेको बताएका छन् ।

anada-Prasad-Pokhrelविश्व वातावरण दिवसका अवसरमा वातावरणीय विकास तथा संरक्षण कानुनी मञ्चले आइतबार आयोजना गरेको वातावरण कानुन जर्नल सार्वजनिक कार्यक्रममा उनले नेपालले पश्चिमा राष्ट्रले गरेको कार्बन उत्सर्जनबाट प्रभावित हुनुपरेको बताएका हुन् । विश्व जलवायु परिवर्तनको चपेटामा परिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले वातावरण संरक्षणका लागि निरन्तर अभियान जारी राख्नुपर्नेमा जोड दिए ।

उनले दृश्य प्रदूषणलगायतका कतिपय प्रदूषण मानवीय कारणले हुने गरेको र त्यसलाई नियन्त्रण गर्न सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने आवश्यकता औँल्याए ।

न्यायाधीश आनन्दमोहन भट्टराईले स्वास्थ्यका लागि वातावरण अति महत्वपूर्ण कुरा भएको र त्यस विषयमा अदालतले दिएका आदेशहरुको समेत पालना गरेर अघि बढ्न आग्रह गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. सुमित्रा अमात्यले नेपालका सम्पूर्ण राजनीतिक दलहरुले आमनागरिकको स्वास्थ्यको रक्षाका लागि एकताबद्ध भएर वतावरण संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिङ तामाङले सर्वोच्च अदालतले दिएको आदेशअनुसार काठमाडौंमा जथाभावी दृश्य प्रदूषण हुने गरी टाँसिएका होर्डिङबोर्ड हटाउने बताए ।

कार्यक्रममा दृश्य प्रदूषण आजको समस्या र सर्वोच्च अदालतको फैसलासम्बन्धी अधिवक्ता पदमबहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै पर्चा, पम्पेट, ब्यानर, फिल्मी पोस्टर, होर्डिङबोडले सहरको सुन्दरतामा नकारात्मक असर पारेको उल्लेख गरे ।

मञ्चका अध्यक्ष श्यामकुमार बस्नेतले वातावरण संरक्षणका लागि एक दिनमात्र नभएर वर्षभरि नै अभियानका रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र मञ्चले पनि वातावरण संरक्षणका क्षेत्रमा निरन्तर काम गरिरहेको बताए ।

कार्यक्रममा मन्त्री पाखरेल र न्यायाधीश भट्टराईले वातावरण कानुन जर्नलको सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment