+
+
Shares

निजामतीभित्र सरुवा-बढुवामा ‘भाँडभैलो’

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते ६:२६

Karmachari-1२४ जेठ, काठमाडाैं ।’विभागीय कारबाही भइरहेका कर्मचारीलाई समेत कार्यसम्पादन मूल्यांकनको पूरा नम्बर दिइएको छ । कारबाहीबाट जोगाउन सरुवा गरिएको छ । पुनरावलोकन समितिमा कुनैमा दुईजनाले त कुनैमा एकजनाले मूल्यांकन गरेको छ । कार्यसम्पादन मूल्यांकन फाराममा कर्मचारीको दस्तखत, दर्ता नम्बर, मिति र संकेत नम्बर समेत छैन । यस्तो भाँडभैलो पारारले हुँदैन । अलि गम्भीर हुनुपर्यो,’ सामान्य प्रशासन मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले भनिरहँदा सबै मन्त्रालयका सहसचिव आँखा जुधाइरहेका थिए । अाजको अन्नपूर्णमा समाचार छ ।

सामान्य प्रशासन मन्त्रालयले सरुवा, बढुवा सहमति, कार्यसम्पादन मूल्यांकन र बढुवाको विषयलाई लिएर अन्य सबै मन्त्रालयका कर्मचारी प्रशान हेर्ने महाशाखा प्रमुखलाई आइतबार मन्त्रालयमा बोलाएर कमीकमजोरी औँल्याइएको थियो।

पौडेलले गरेको प्रस्तुतिमा कर्मचारी प्रशासन हेर्ने सहसचिवले रिक्त पद भन्नेबित्तिकै कहाँ कति हो भनेर नखुलाउने, काजको व्यवस्थालाई सुविधाका रुपमा प्रयोग गर्ने र मूल्यांकनमा ९५ प्रतिशतभन्दा बढी र ७५ प्रतिशतसम्म कम नम्बर दिँदासमेत कारण नखुलाउने गरेको उल्लेख थियो ।

केही मन्त्रालयले पुनरावलोकन समितिले मूल्यांकन महलमा रेजा वा अंक लेखी मूल्यांकन नगरे पनि कुल प्राप्तांकमा अंक जोडेर पठाउँदै अाएको प्रति पाैडेलले गुनासो गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?