+
+
Shares

पुरानै लयमा निर्देशक तुलसी घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते ९:५४

Tulsi-Ghimire-3काठमाडौं । दर्पण छाँया-२ को तयारीमा रहेका निर्देशक तुलसी घिमिरेले नयाँ फिल्म पुरानै लयमा बनाउने योजना बनाएका छन् ।

सबै भन्दा धेरै कमाई गर्न सफल नेपाली चलचित्र निर्देशन गरेका घिमिरेलाई लाग्छ ‘मेरा दर्शकहरु मवाट पुरानै लयको अपेक्षा गर्छन् ।’

नेपाली चलचित्रमा धार परिवर्तन भएको हल्ला चलेको बेलामा उनले दुई फिल्म बनाए । दृष्टिकोण र मृगतृष्णा । दुबै फिल्म दर्शकले मन पराएनन् । त्यो भन्दा अगाडि देश बनाएका थिए । देशलाई पनि दर्शकले उनी धेरै माया गरेनन् ।

यी तिनै फिल्ममा थोरै लय परिवर्तन गरेका थिए उनले । भन्छन् ‘यसपाली म पुरानै लयमा फिल्म बनाउँछु । तर प्रस्तुति नयाँ हुने छ ।’

असार लागेपछि काठमाडौंमा उनको फिल्मको सुटिङ सुरु हुने छ । दिलिप रायमाझी र उत्तम प्रधान छोटो भूमिकामा रहेपनि मुख्य भूमिकामा नयाँ कलाकार नै हुने छन् ।

विश्वमै राम्रो र नराम्रो दुइथरी फिल्म बन्छ भन्ने धारणा राख्ने घिमिरेले यसपाली राम्रो फिल्म बनाउने दाबी गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?