Comments Add Comment

पुरानै लयमा निर्देशक तुलसी घिमिरे

Tulsi-Ghimire-3काठमाडौं । दर्पण छाँया-२ को तयारीमा रहेका निर्देशक तुलसी घिमिरेले नयाँ फिल्म पुरानै लयमा बनाउने योजना बनाएका छन् ।

सबै भन्दा धेरै कमाई गर्न सफल नेपाली चलचित्र निर्देशन गरेका घिमिरेलाई लाग्छ ‘मेरा दर्शकहरु मवाट पुरानै लयको अपेक्षा गर्छन् ।’

नेपाली चलचित्रमा धार परिवर्तन भएको हल्ला चलेको बेलामा उनले दुई फिल्म बनाए । दृष्टिकोण र मृगतृष्णा । दुबै फिल्म दर्शकले मन पराएनन् । त्यो भन्दा अगाडि देश बनाएका थिए । देशलाई पनि दर्शकले उनी धेरै माया गरेनन् ।

यी तिनै फिल्ममा थोरै लय परिवर्तन गरेका थिए उनले । भन्छन् ‘यसपाली म पुरानै लयमा फिल्म बनाउँछु । तर प्रस्तुति नयाँ हुने छ ।’

असार लागेपछि काठमाडौंमा उनको फिल्मको सुटिङ सुरु हुने छ । दिलिप रायमाझी र उत्तम प्रधान छोटो भूमिकामा रहेपनि मुख्य भूमिकामा नयाँ कलाकार नै हुने छन् ।

विश्वमै राम्रो र नराम्रो दुइथरी फिल्म बन्छ भन्ने धारणा राख्ने घिमिरेले यसपाली राम्रो फिल्म बनाउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment