Comments Add Comment

अनमोललाई २० लाख पारिश्रमिककाे अफर

anmol kc
यदि भनिएजस्तो भएको खण्डमा नेपाली चलचित्रका उदयमान सुपरस्टार नायक अनमोल केसी सर्वाधिक पारिश्रमिक लिने नायक बन्नेछन् । केही महिना अगाडि एक चलचित्रको पत्रकार सम्मेलनमा नायक निखिल उप्रेतीले एउटा चलचित्रबाट २० लाख पाएको खण्डमा बर्षमा २ वटा मात्र चलचित्र गर्ने बताएका थिए । तर, निखिललाई २० लाख दिन अझै कोही निर्माता तयार भएका छैनन् ।

तर, सुपरस्टार नायक केसीलाई भने २० लाख पारिश्रमिक दिएर चलचित्र बनाउन निर्माता-निर्देशक तयार भएको श्रोतले बताएको छ । ‘केसर’ नाम राखेर काम भैरहेको चलचित्रका लागि अनमोललाई २० लाख पारिश्रमिक दिन लागिएको हो । साथमा नायक भूवन केसीको ब्यानर ‘द सुपर काजोल’ले यसमा ४० प्रतिशत लगानी गर्नेछ ।

नायक भूवन केसीले भने अनमोलले २० लाख पारिश्रमिक भन्दा पनि कथा हेरेर काम गर्छु भनेको बताए । उनका अनुसार अहिले नै अनमोलले काम गर्ने नगर्ने कुनै संझौता भएको छैन । उनले निर्मात्री पूनम गौतमले भने अनमोललाई २० लाख दिएर काम गर्न अफर गरेको बताए । भूवनका अनुसार निर्माता सुवास गिरी र र द सुपर काजोल फिल्मस्ले मिलेर चलचित्र बनाउने कुरा भएको छ ।

बेलायत र नेपालमा छायांकन हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । निर्माता सुवास गिरीको यसमा लगानी रहनेछ । अहिलेसम्म निर्माणपक्षले यसमा कुनै मुख खोलेको छैन । निर्माता गिरी नेपालबाहिर रहेकाले पनि अनमोलसँग संझौता हुन बाँकी रहेको हो । तर, मौखिक रुपमा सम्पूर्ण सहमती भैसकेको वुझिएको छ ।

चलचित्र ‘गाजलु’मा पनि महंगो पारिश्रमिक लिएका अनमोलले बर्षमा एउटा मात्र चलचित्रमा अभिनय गर्दै आएका छन् । उनले अभिनय गरेको होम प्रोडक्शन चलचित्र ‘ड्रिम्स’ले नेपालबाट मात्र २ करोडको शेयर दिएको थियो । यसैले पनि अनमोल र उनका पिता भूवन केसी महंगो पारिश्रमिक र शेयर विना चलचित्रमा संझौता गर्दैनन् । अहिले, अनमोलको करिअरमा भूवनको प्रत्यक्ष हस्तक्षेप छ । शेयर नपाएका कारण अनमोलले केही चलचित्र छाडेका पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment